Skip to Content

हाप्किडो संघ दाङको अध्यक्षमा अविनाश

हाप्किडो संघ दाङको अध्यक्षमा अविनाश

 

सैघाली खबर,
दाङ, १४चैत्र । नेपाल मार्शल आर्टस् हाप्किडो संघ दाङको प्रथम साधारण सभा दाङको घोराहीमा सम्पन्न भएको छ । सभाले अविनाश घर्तीको अध्यक्षतामा १३ सदस्य नेपाल मार्शल आटर््स हाप्किडो संघ दाङ गठन गरेको छ । संघको उपाधयक्षमा ईमरान सिद्धिकी,सचिव भूपेन्द्र रोका मगर,कोषाध्यक्ष ढाट बुढा मगर, सहसचिव बिमला पुन मगर रहनु भएको छ । संघको सदस्यहरुमा जेसिका पुन मगर, महेश बाठा मगर,मनोज पुरी,केशब बढा मगर,कष्णा सुनार लगाएत रहनु भएको छ । सभामा बोल्दै नेपाल मार्शल आर्टस् हाप्किडो संघका केन्द्रिय सदस्य हरिवहादुर सुनारले खेलकुदको विकासका लागि यसले महत्व पूर्ण भुमिका खेल्ने वताउँनुभयो ।

नेपालमा यसको विकास तिव्र गतिमा भैरहेको वताउँदै त्यसको विकास र विस्तार अहिलेको मुख्य आबश्यकता भएको औल्याउँनुभयो । कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कैलाश रोकाले पछिल्लो समय अधिकासं युवाहरुमा खेल प्रतिको आर्कषण बढ्दै गएको वताउँदै त्यसका लागि जिल्ला खेलकुद विकास समितिले सहयोग गर्ने वताउँनुभयो । कार्यक्रममा खेल प्रेमी कुलबहादुर घर्ती, रफिक साईड, लगाएतले बोल्नु भएको थियो । नव निर्वाचत अध्यक्ष अविनाश घतीृको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुर्वर्ण बिसीले गर्नु भएको थियो ।

Previous
Next