Skip to Content

नेकपा(कांग्रेसबीच झडप, गोली लागेर कांग्रेस कार्यकर्ताको मृत्यु

नेकपा(कांग्रेसबीच झडप, गोली लागेर कांग्रेस कार्यकर्ताको मृत्यु

 

सर्लाहीको रामनगरमा मंगलबार नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका ४ मा बिहान साढे ८ बजेतिर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो। झडपका क्रममा चलेको गोली लागेर कांग्रेस कार्यकर्ता ५० वर्षिय रामविलास महतोको ज्यान गएको छ।घटनालाई नियन्त्रणमा लिन प्रहरीले पनि हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो।

सोमबार नेकपा कार्यकर्ताले रामनगर ४ का वडाअध्यक्ष रामनरेश महतोलाई हातपात गरेको विषयमा झगडा भएको थियो। रामनरेश कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन्।

झडपमा परी कांग्रेसका ४ जना कार्यकर्ता घाइते भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए। झडपका क्रममा भएको ढुंगामुढाबाट घाइते उनीहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

 

Previous
Next