लोकतन्त्रको सवलीकरणका लागि उच्च नैतिकता सहितको स्वतन्त्र प्रेस आवस्यक



बिष्णुकुमार देवकोटा

लोकतन्त्रको सवलीकरणका लागि उच्च नैतिकता सहितको स्वतन्त्र प्रेस आवस्यक रहेको निचोड निकालिएको छ ।

नेपाल प्रेस युनियन दाङ द्धारा शान्ति सम्झौता भएको १२ बर्ष को अवसरमा आयोजित लोकतन्त्रको सवलिकरणका लागि मिडियाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले लोकतन्त्रमा को सवलिकरणमा मिडियाका भुमिका अपरीहार्य रहेको बताएका छन् ।

 

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सिँचाई मन्त्रि दिपक गिरीले बर्तमान दुईतिहाईको बहुमतिय सरकार निरंकुश भएको भन्दै प्रेस जगत चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ दाङ साखाको सभाहलमा आयोजीत अन्तरकृया कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य अनिता देवकोटाले सरकार सूचना लुकाउन उद्यत रहेको भन्दै प्रेस जगतलाई गुमराहमा राखेर लोकतन्त्रको सवलिकरण हुन नसक्ने जिकीर गर्नुभयो ।

अन्तरकृया कार्यक्रममा प्रेस स्वतन्त्र सेनानी सुसिल गौतमले अब मिसन पत्रकारीता गर्नै की व्यवसायीक पत्रकारीता गर्नै भन्ने बिषयमा बहस गर्नुपर्ने आवस्यक्ता औंल्याउनुभयो ।

बिगतको दश बर्षैद्धन्द्ध पस्चात पनि निरंकुसताका बिरुद्धमा खरो उत्रिएको नेपाली प्रेस जगत ले विभिन्न आरोह तथा अबरोह पार गरेको छ ।
संबिधानमा पुर्ण प्रेस स्वतन्त्रताका् ग्यारेण्टि गरिएको भएतापनि यो वा त्यो बहानामा प्रेस माथीको अंकुस लगाईएको मा वक्ताहरुले आपत्तिप्रकट गरे ।

यसै विच प्रेस युनियनले शिव गीरी श्रीजनसील पत्रकारीता पुरस्कार स्थापना गरेको छ ।
तुलसिपुर उपमहानगरपालिका वडा नं १२ निबासी स्व.शिवगीरीको परिवारले प्रेस युनियनमा रु. एक लाख रुपैयाँको अक्षयकोषको स्थापना गरी पुरस्कारुको व्यवस्था गरेको हो ।
अन्तरकृयाकै दौरानमा पुर्व सिचाँईमन्त्रि दिपक गीरीले प्रेस युनियन दाङका अध्यक्ष लाई नगद रु. १ लाख रुपैयाँ हस्तान्तरण समेत गर्नुभयो ।

नेपाली काँगे्रसका कार्यकर्ता शिव गीरीले नेपाली काँग्रेसको शसस्त्र बिद्रोहका बेला दाङमा नेतृत्व लिएका थिए ।

प्रेस युनियन दाका अध्यक्ष सन्तोष सुबेदीको सभाअध्यक्षतामा सम्पन्न अन्तरकृया कार्यक्रममा पुर्व माननीय बुद्धिराम भण्डारी, नेपाली काँग्रेसका पार्टि सभापति कृति बहादर खड्का, पुर्व सचिव शंकर प्रसाद गीरी, प्रेस स्वतन्त्र सेनानी सुसिल गौतम, प्रेस चौतारी का अध्यक्ष जेएन सागर लगाएतले मन्तव्य राख्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्