रविनाको भन्दा कम छैन सविनाको पिडा

सुत्केरी अवस्थामा कोठा भित्रै थुनेर श्रीमान भए वेपत्ता

पछिल्लो समय श्रीमानबाट हिंसा सहेर बस्दै आएका महिलाहरु विस्तारै न्यायको खोजिमा हिडेको देखिन थालेको छ । उनिहरुमा बढेको जनचेतनाका कारण नै आफ्ना समस्याहरु बाहिर ल्याउन सक्ने भएका छन् । यति भनिरहदा हिंसा सहेका जति सबै महिला बाहिर आएका छन् भन्न खोजिएको होईन । पहिलेको तुलनामा महिलाहरुमा हिंसा सहनु हुदैन भन्ने चेतना बढेको छ ।

यसकारण पनि न्याएको लागि महिलाहरु लड्न थालेको देखिन्छ । काभ्रेपलाञ्चोककि सविना उप्रेतीको पिडा पनि कम्तिको छैन । पहिला रिलेसनसिपमा रहेकि सविनाले पछि उहि केटासंग विवाह गरिन् । सुरुमा त उनको विवाहको कुरालाई स्वयम् श्रीमान र परिवारले स्वीकारेका थिएनन् ।

जातियताको कुरा निकाल्दै आफुहरु उपाध्यय बाह्रमण भएको भन्दै जैसीहरुसंग विवाह नगर्ने केटा पक्षको अडान् थियो । तर सविनाले उक्त कुरा स्वीकार्न सकिनन् । पहिला रिलेसनमा बसिसकेकाले आफुलाई समाजमा अफ्ठेरो पर्ने भन्दै उनले कुनै पनि हालतमा विवाह गर्ने अडान लिईन् । अन्नत सविनाको कुरा केटा पक्षबाट स्वीकार भयो र विवाह पनि भयो । विवाह भएपनि उनिहरुको सम्बन्ध भने कहिल्यै राम्रो भएन । झन्पछि झन् उनिहरुको सम्बन्धमा दरारता थपिदै गयो ।

जव सविना आमा बन्ने भईन् तव उनि माथि अनेकथरिका आरोप प्रत्यारोप लगाउन थालियो । सविनाको चरित्रमाथि प्रश्न उठाँउन थालियो । उनिमाथि बारम्बार परिवार र श्रीमानबाट दुव्र्यवहार हुन थाल्यो । श्रीमानबाटै बच्चा मेरो होईन भन्ने सम्मको कुरा सविनाले सुन्नु पर्यो । कति कुटाई खानुपर्यो, कति पिडा । यो कुरा सम्झदा सविनाको मन अझै नि झस्किन्छ ।

जव सविनाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिईन्, त्यसपछि त उनको जिवन झन नर्कमय बन्दै गयो । अन्ततः सविनाको परिवार र उनका श्रीमान सुत्केरी श्रीमती र बच्चालाई कोठाभित्रै थुनेर वेपत्ता भए । हालसम्म पनि उनिहरु सम्पर्कमा आएका छैनन् । सविनाको छोरी अहिले तीन बर्षकि भईन् । आर्थिक अभावका कारण उनले छोरीलाई बिद्यालय भर्ना गर्न नसकेको दुःखेसो पोखेकि छिन् ।