ब्रिटिस गोर्खा भर्ति नै बन्द गर्ने भुपू आर्मीहरुको चेतावनी

दिप गुरुङ
सन् १८१६ देखि गोर्खा भर्ती सुरु भएपनि सम्झौता अनुसार १९४७ नोभेम्वर ९ देखि आधिकारिक रुपमा बेलायति सेनामा भर्ति भएको प्रमाण रहेको पाईन्छ ।

बिगत दुई सय तीन बर्षदेखिको नेपाल बेलायतको दौत्य सम्बन्ध भईसक्दा पनि अझै पनि बेलायतले ब्रिटिस गोर्खा भुपू आर्मीलाई विभेद गरेको छ । यदि अझै पनि विभेद अन्त्य नभए सशक्त रुपमा आन्दोलन गर्ने ब्रिटिस गोर्खा भुपू आर्मीहरुले चेतावनि दिएका छन् ।

खाँसगरि यो आन्दोलको सुरुवात बिसं २०४६ सालदेखि नै भएको हो । पदमवहादुर गुरुङले आन्दोलन सुरु गरेसंगै आज २९ बर्ष भईसक्दा पनि निरन्तर रुपमा आन्दोलन जारी नै छ ।

तर अझै पनि व्रिटिस गोर्खा आर्मीहरुको माग पुरा नभएकाले विभिन्न चरणहरुमा आन्दोलन गर्नुपरेको ब्रिटिस गोर्खा भुपू आर्मीहरुको दुखेको छ ।

बिभिन्न चरणहरुमा आफ्ना मागहरु पुरा ब्रिटिस गोर्खा भुपू आर्मीहरु भोक हड्ताल गर्न पनि पछि परेका छैनन् ।

तर नेपाल सरकारले आफ्ना जनताको वारेमा नवोलिदादा आफुहरु निराश भएको उनिहरु बताउछन् ।

दुई देशविचको वार्ता अवेर भईसकेकाले अझै पनि नेपाल सरकारले ढिला गरे फेरी भोक हड्ताल लगाएतका चरणवद्ध आन्दोलन गर्ने उनिहरुको चेतावनि छ ।

साथै ब्रिटिस गोर्खा भर्ति बन्द गरि पोखरा ब्रिटिस क्याम्पमा धर्ना दिने पनि बताईएको छ । यदि बेलायत सरकारले ब्रिटिस गोर्खा भुपुको समस्या समाधान गर्यो भने सामाजिक र आर्थिक रुपमा नेपाल सरकारलाई सवल बनाउनुका साथै विश्वमा नेपालीको पर्हिचान अझ उच्च हुने आशा ब्रिटिस गोर्खा भुपुहरुको छ ।