Skip to Content

श्रीमतीको बच्चा पाउने चाहना पुरा गर्न नसकेका पतिले यति सम्म गरे…

श्रीमतीको बच्चा पाउने चाहना पुरा गर्न नसकेका पतिले यति सम्म गरे…

by December 28, 2018 विश्व

जर्मनीको बर्लिन सहरमा भएको यो घटना निकै आश्यचर्यजनक छ र अपत्यारिलो पनि । तर, अदालतमा जब मुद्धा परेपछि घटना सार्वजनिक भएको हो।

एक पतिले आफ्नी पत्नीलाई उनको चाहना अनुसार गर्भवति बनाउन नसकेपछि आफ्नै छिमेकि साथिलाई बेलाउछन् र उनको बच्चा पाउँने इच्छा पुरा गर्न यदि हद सम्म जान्छन् की आफ्नी श्रिमतीलाईं उनी सँग सुत्न दिन्छन्।

धेरै प्रयाश गर्दा समेत ती पतिले श्रीमतीको इच्चा पुरा गर्न सकेका हुँदैनन् । उनले अस्पताल गएर पनि चेकजाँज गरे तर, उनी असमर्थ भए। त्यसैले उनले छिमेकि एउटा साथीलाई केहि रकम दिएर उनी सँग आफ्नी श्रीमतीलाई प्रेग्नेन्ट बनाउँने सहमती गर्छन् ।

तर, ती युवक पनि असक्षम  निस्किए र उनलाई दिइएको पैसा ती पतिले फिर्ता माग्न खोज्दा उनले फिर्ता दिएनन्। पैसा फिर्ता नदिएपछि अदालतमा मुद्धा परेको हो ।

जर्मनीको बर्लिन सहरका दामेत्रियस सोपोलोस नाम गरेका पतिले ब्यूटी क्वीन  रहेकि श्रिमतीको गर्भवति हुने चाहनालाई पुरा गर्न असफल भएका हुन् । मेडिकल जाँचमा बच्चा जन्माउन उनलाई असफल भनिएको थियो ।

तर पत्नीलाई जसरी नि बच्चा चाहिएको थियो। उनले छिमेकि फ्रेंक मोज लाई १ दशमलब ७५ लाख रुपैया दिएर सम्झौता गरेकि आफ्नी श्रिमतीलाई प्रेमको जालमा पार्ने र गर्भवति बनाउँने। तर ६ महिना सम्म पनि उनले पनि सकेनन् ।

बास्तममा ती युवकलाई पनि चिकित्सकले असक्षम बताएका रहेछन्। तर ती पतिलाई यो कुरा थाहा थिएन। ती युवकको भनाई छ कि मैले ग्यारेण्टीगरेको थिइन। तर, पतिले आफ्नो पैसा फिर्ता माग्दा नदिएपछि उनी अदालतमा जान बाध्य भएका हुन् । अदालतले पतिको पक्षमा फैसला सुनाएको हो।

Previous
Next