तारा एयरको विमान दुर्घटना, यात्रुको सकुशल उद्धार



काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुको फाप्लु उडेको तारा एयरको विमान अवतरण गर्नेक्रममा चिप्लिएर दुर्घटना भएको छ । फाप्लु उडेको तारा एयरको ९ एनएकेके विमान, मौसम खराबीपछि रामेछापको मन्थली एयरपोर्टमा अवतरण गर्नेक्रममा चक्का जाम भएर दुर्घटना भएको हाे ।

अवतरणका क्रममा जहाज चिप्लिएर पश्चिमतर्फको घाँसेमैदानमा पुगेको र जहाजको अगाडिको केही भागमा क्षती पुगेको थियाे । १४ यात्रु सवार सो विमानका सवै यात्रुहरुलाई सकुशल उद्दार गरिएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ ।

 

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्