चिया छोइयो भन्ने महिलाले सार्बजनिक रुपमा माफी माग्दै दलितको हातबाट पानी पिइन

काठमाडौ।
पछिल्लो समयमा जातीय बिभेदका घटनाहरु सामाजिक संजालमा दिनहुुँ जस्तो आइरहन्छ ।कति जातिय छुवाछूत गर्ने पिडक विरुद्ध छुवाछूत ऎन अनुसार मुद्दा दर्ता हुन्छ, त कति आपसी मेलमिलापमा टुङ्गिन्छ ।
पीडितको सामाजिक सुरक्षा र  आर्थिक अबस्था दरिलो नहुदा कतिपय जातीय बिभेदका घटनामा पीडितले कानुनी रूपमा अगाडि बढ्न निकै अफ्ट्यारो भएको अबस्था रहेको छ ।


कानुनले ठोस प्रमाण खोज्ने र छुवाछूतका घटनामा देखिने प्रमाण नहुने हुँदा प्रशासनमा जाहेरी दर्ता नहुने र भएमा पनि सामन्य सजायबाट पिडकले उन्मुक्ति पाएको अबस्था छ ।

सिन्धुपाल्चोक चौ । सा। न। पा। १२ साबिकको सागाचोक गाबिस वडा न. ६ का प्रेम नेपाली भनिने सार्की दर्जीलाई चैत्र २६ गते सागाचोक बजार प्रहरी चौकी नजिक रहेको दिपेन्द्र प्रसाद नेपालको कपडा पसल भित्र भुकम्प पीडितको गुनासो दर्ताको लागि वडा मुचुल्का बनाउन गएका प्रेम नेपाली आफ्नो श्रीमती लगाएत चिया पसलमा पुगेका थिए ।जुठी भनिने सुनिता कार्किले अरुको लागि बनाएको चिया छोइन्छ भन्दै प्रेम नेपालीलाई चिया पसलबाट उठाइएकी थिएन ।आफु माथी जातीय विभेद र अपमान भएको भन्दै चैत २९ गते जातीय छुवाछूत र कसुर सजाय ऎन २०६८ू अनुसार जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएका थिए ।

सुनिता कार्कीले आफ्नो चिया पसलमा जातीय विभेद,२९ गते दिएको जाहेरी दर्ता हुन सकेन
अन्तत १२ नम्बर वडा अध्यक्ष ध्रुबराज गिरि कै रोहबरमामा पीडित र दलित अधिकारकर्मीहरुको सम्झौता अनुसार कार्यक्रम गरि सार्बजनिक माफी मगाउने भनी सहमति गरिएको थियोे ।

 

बैशाख १४ गते शनिबार सागाचोक बजारमै बिह्रत र्याली सहित नगर प्रमुख अमनसिङ तामाङको प्रमुख आतिथ्य र वडा अध्यक्ष ध्रबराज गिरिको सभापतित्वमा सभा गरि पिडक सुनिता कार्किले अन्जानमा भएको गल्ती अब दोहोराउदिन भन्दै माफी मागेकी थिएन साथै पीडित प्रेम नेपालीको हातबाट सार्बजनिक रूपमा पानी पिएकी थिइन ।

राजनीतिक पाटी र विभिन्न संघ संस्थाको बाक्लो उपस्थिति साथै मुक्ती समाजका महासचिव गणेश बिक , दलित बिकास समितिको कार्यकारी

निर्देसक डा। बुद्धि नेपाली , दलित एकता संजाल नेपाल अन्तरास्ट्रिय समन्वय समिति संयोजक सरु सुनारले उक्त सभालाई सम्बोधन गरेका थिए ।
जातीय विभेद एक सार्बजनिक अपराध र कानुनी रुपमा दन्डनिय भएको हुँदा मिलमिलापले जातीय बिभेदका घटना झनै बढाउने भन्ने भनी मेलमिलाप गर्न नहुने फरक अभिव्यक्ति दिएका थिए भने ।

केही अतिथिले भने सार्बजनिक रूपमा माफी र यस्ता जनचेतना मूलक कार्यक्रमले सिङ्गो समूदायलाई सचेत र जातिय विभेद न्यूनिकरण हुनेमा बिस्वस्थ रहेको बताय ।
वडा अध्यक्ष ध्रुबराज गिरिले अब उप्रान्त जातिय बिभेदका घटना नहुने र यदि भएमा कानुनी रूपमा कारवाही गरिने प्रतिबद्धता ब्यक्त गरे ।