गुल्मीमा भएको साँस्कृतिक तथा पर्यटन महोत्सवमा १० करोड भन्दा बढिको कारोबार

रमेश विश्वकर्मा
गुल्मी, गुल्मीमा भएको साँस्कृतिक तथा पर्यटन महोत्सवले महोत्सवभर भएगरेको कारोबार सार्वजनिक गरेको छ । महोत्सव अवधिभर १० करोड बढिको कारोबार भएको र झण्डै १ लाख दर्शकले मेला अबलोकन गरेको आयोजकले जनाएको छ ।

गुल्मी चेम्बर अफ कमर्शले चैत २० गते देखी ३० गते सम्म सञ्चालन गरेकोे महोत्सवमा २७ लाख बचत भएको र कारोबार भएको रकम मध्ये बिभिन्न शिर्षकमा ५७ लाख २० हजार खर्च भएको महोत्सव मुल आयोजक समिति सह–संयोजक नवराज भुसालले जानकारी दिए ।

आइतवार पत्रकार भेटघाटको आयोजना गरेर महोत्सवमा भए गरेको आम्दानी खर्चको सार्बजनिक गरिएको हो । ‘गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नारा साथ गुल्मी चेम्बर अफ कमर्शसंगै एक दर्जन भन्दा वढि संस्थाको आयोजनामा महोत्सव सञ्चालित थियो ।

महोत्सवमा ७२ हजार ५ सयका टिकट बिक्री भएको बताइएको थियो । महोत्सवबाट बचत भएको रकम मध्ये ४५ प्रतिशत सामाजिक कार्यमा र अरु ५५ प्रतिशत संस्थागत बिकासमा खर्चिने भुसालले बताए । बचत रकमको सामाजिक कार्यमा रेसुङ्गा नगरपालिकाको सहकार्यमा काम गरिने भुसालले बताए ।

महोत्सवमा गुल्मी जिल्लामा उत्पादन भएका बिभिन्न बस्तुहरुसँगै बिभिन्न औधोगिक क्षेत्रबाट उत्पादिन बस्तुहरु पनि प्रर्दशन तथा बिक्रीमा राखिएको थियो । महोत्सव सम्पन्न बिभिन्न गठित १९ वटा उपसमितिहरु गठन गरिएको थियो । महोत्सवलाई प्रभावकारी बनाउनको निम्ति ७० वर्ष भन्दा माथिका बृद्धहरुलाई महोत्सव स्थल भित्र निशुल्क प्रबेशमा दिइएको थियो ।

बिद्यार्थी, अपाङ्ग र एकल महिलाहरुलाई पनि प्रबेश टिकटमा ४० प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको थियो । मेलामा २ सय ३० वटा स्टल रहेका थिए । स्टलहरु मध्ये जिल्ला भित्र रहेका १२ वटा स्थानियतहबाटै बिभिन्न उत्पादनहरु प्रर्दशन गरिएको थियो । स्टलहरु मध्ये कृषिलाई उच्च प्रथामिकता दिएर महोत्वमा ल्याइएको स्टल संयोजक प्रकाश बुढाथोकीले बताए । महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू महोत्वमा स्थलमा प्रर्दशनमा राखिएको बुढाथोकीले बताए ।

बिभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अबधी भर प्रर्दशन गरिएको थियो । मेलालाई थप आर्कषक र स्थानिय कलालाई उजागर गर्ने उदेश्यले विद्यालयस्तरिय खुल्ला समुहगत नृत्य प्रतियोगिता राखिएको थियो । महोत्सवमा कृत्रिम माला, खादा र अतिथिलाई प्रयोग गरिने ब्याच निषेध गरिएको थियो । महोत्सवमा अतिथिलाई प्रयोग गरिने ब्याच को सट्टामा पिपलको पात र मायाको चिनोमा गुल्मीकै कफि र गुडलाई प्रयोजमा ल्याइएको थियो । जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन, गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रवद्धनमा टेवा पुर्याउने उदेश्यले महोत्सव आयोजना गरिएको आयोकले जनाएको छ ।

जिल्लाको सदरमुकाम तम्घासमा चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि, घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, अर्जुन, बिचित्र गुफा, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार गर्न टेवा पुगेको छ।