प्रियंका चोपडाको ड्रेस



अभिनेत्री प्रियंका चोपडाको ड्रेसले गर्दा यतिखेर सामाजिक संजाल तातिरहेको छ । मेट गाला समारोहमा खिचिएको चोपडाको तस्बिर यतिखेर भाईरल भएको हो । न्यूयोर्कमा भएको मेट गालामा प्रियंका चोपडा आफ्ना श्रीमान निक जोनससँग गएकी थिइन् ।

यतिबेला प्रियंकाको पहिरनले मानिसहरुको ध्यान खिचिरहेको छ । यो तस्बिर जुन मौकाका हो त्यसलाई कस्ट्युम इन्स्टिच्युट गाला वा मेट बल पनि भनिन्छ ।

यो न्यूयोर्कमा मेट्रोपोलेटिन म्यूजियम अफ आर्टस् कस्ट्युम इन्स्टिच्यूटको लाभका लागि फन्डरेन्जिङ गाला हो ।
कस्ट्यूम इन्स्टिच्यूटको वार्षिक फेशन एग्जिबिटको सुरुवात पनि यसैमार्फत् हुन्छ । सेलिब्रिटीले हरेक वर्ष एग्जिबिटको थिम अनुसार पहिरन छान्छन् र लगाउँछन् ।

प्रियंका चोपडाका लागि मेट गाला यसकारण पनि चर्चामा छ किनभने प्रियंका र निकको पहिलो भेट यसै समारोहमा भएको थियो । यो कुरा प्रियंकाले इन्स्टाग्राममार्फत् जानकारी दिएकी छिन् ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्