एक करोड ८० लाखको प्रियंकाको पहिरन



एजेन्सी । बलिउड र हलिउडका कलाकार कति कमाउँछन् भनेर ठ्याक्कै अनुमान गर्न गाह्रो हुन्छ। कहिलेकाहीँ उनीहरूको खर्च देखेर फ्यान आश्चर्यचकित हुन्छन्। यति बेला अभिनेत्री प्रियंका चोपडाका तस्बिर भाइरल बनेका छन्। उनी बिलबर्ड म्युजिक अवार्ड २०१९ मा सामेल हुँदाका तस्बिरले चर्चा पाएका हुन्।

प्रियंकाले उक्त समारोहमा सामेल हुँदा एक करोड ८० लाख भारतीय रुपैयाँ बराबरको पहिरनमा सजिएको समाचार सञ्चारमाध्यममा उल्लेख छ।

उक्त रकममा उनका लुगा, जुत्ता र गरगहनाको लागत जोडिएको छ। पेज सिक्स डटकमका अनुसार उक्त अवार्ड कार्यक्रममा प्रियंकाको स्टाइलबाट सबै चकित भए। उनले लगाएको हीराको इयररिङको मूल्य पाँच हजार ६ सय डलर र ब्रासलेटको मूल्य १२ हजार डलर पर्ने उल्लेख छ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्