सदाबार युवा क्लब गुल्मीलाई हराउँदै, फलेवास नगरपालिका बन्यो कालीगण्डकी कपको विजेता



अमृत भट्टराई । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका मा सञ्चालित रहेको प्रथम कालीगण्डकी महोत्सवमा शनिबारदेखि सुरु भएको खुला पुरुष भलिबल प्रतियोगिता मा कालीगण्डकी गाउँपालिका छापँचौरको सदाबार युवा क्लब लाई हराउँदै फलेवास नगरपालिका विजेता भएको छ । भलिबल उप बिजेता ले रु। पचास हजार पाउने छ भने बिजेता फलेबास नगरपालिकाले रु । एक लाख जितेको कालीगण्डकी महोत्सव का खेल संयोजक सुबास रानाले जानकारी दिए ।
गत वैशाख १७ गते मंगलबारदेखि गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ जयखानी शिवलय मन्दिर कनौउटामा सुरु भएको प्रथम कालीगण्डकी महोत्सवको उद्घाटन प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्री वौजनाथ चौधरीले गरेका थिए।

आज शुक्रबार महोत्सवमा पाँच हजार भन्दा बढी दर्शकको उपस्थिति रहेको थियो ।
महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रम , बालउधन , भलिबल , विभिन्न खाद्यान्न , लत्ताकपडा , मेसिनरी सामान लगायतका सामान पाउनुका साथै विभिन्न कलाकारको प्रस्तुति , हास्यकलाकार प्रस्तुति लगाएको मजा लिन् पाइने आयोजकले बताएको छ । प्रथम कालीगण्डकी महोत्सव वैशाख २८ गतेसम्म भनेपनि एक दिन थप गरी वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्