पत्रकार किशोर श्रेष्ठ पक्राउ



-सैघाली खबर-

मोरङ । मोरङको उर्लाबारीका पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई आज आईतबार बिहान पक्राउ गरिएको हो ।

झापाको कनकाई पुलमा शंकास्पद बस्तु राख्ने बारेको सूचना उनले सामाजिक सञ्जाल फेसबुकमा राखेपछि सोही विषयमा सोधपुछका लागि श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्र्हरीका अनुसार कन्काई नगरपालिका माइधारमा आज बिहान शंकास्पद बस्तु फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले श्रेष्ठलाई सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिए ।

घटनाको विषयमा सोधपुछका लागि श्रेष्ठलाई राखिएको र सो शंकास्पद बस्तु कसले किन राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको केसीले बताए । उनका अनुसार श्रेष्ठलाई पक्राउपछि उर्लाबारी प्रहरी कार्यालयमा राखिएको छ ।

पक्राउ परेका श्रेष्ठले प्रहरीलाई सहयोग गर्न आफूले सो जानकारी फेसबुकमा शेयर गरेको कुरा श्रेष्ठले बताएको एसपी केसीले जानकारी दिएका छन् ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्