आईपीएल क्रिकेटको उपाधि मुम्बईलाई



काठमाडौ।इन्डियन प्रिमियर लिग क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ। भारतको हैदरावादस्थित राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति सम्पन्न खेलमा मुम्बईले चेन्नई सुपर किङ्ग्सविरुद्ध १ रनको रोमाञ्चक जित निकालेको हो।
रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले योसँगै आई पी एल श्रृङ्खलामा चौथो पटक जित दर्ता गराएको हो।

जितसँगै मुम्बईले नगद २० करोड भारतीय रुपैया प्राप्त गरेको छ भने उपविजेता बनेको चेन्नईले १२ करोड ५० लाख भारतीय रुपैया प्राप्त गरेको छ।टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा १ सय ४९ रनको योगफल तयार पारेको थियो।

मुम्बईका लागि क्विन्टन डी ककले २९, कप्तान रोहित शर्माले १५, सूर्यकुमार यादवले १५, क्रुनाल पाण्ड्याले ७, किरोन पोलार्डले अविजित ४१, हार्दिक पाण्ड्याले १६ रनको योगदान दिएका थिए।जवाफमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरको अन्तिम बलमा जितका लागि २ रन आवश्यक परेकोमा लासिथ मालिङ्गाले शार्दूल ठाकुरलाई एल बी डब्लुको सिकार बनाएपछि चेन्नई हार भोग्न बाध्य भएको हो।

खेलमा चेन्नईका फाप डु फ्लेसिसले २६, सेन वाड्सनले ८० , सुरेश रैनाले ८, अम्बाटी रायडु १, कप्तान धोनी २, ड्वायने ब्राभोले १५, रवीन्द्र जडेजाले अविजित ५ र शार्दूल ठाकुरले २ रन बनाए । मुम्बईका बलरहरुको धारिलो बलिङसामु चेन्नईका वाड्सनबाहेक अन्य ब्याट्सम्यानहरु क्रिजमा खासै टिक्न सकेनन्।
कप्तान धोनी र वाड्सन रनआउट भए भने अन्य ब्याट्सम्यानहरुको प्रदर्शन बिर्सन लायक रह्यो। प्रतियोगितामा आन्द्रे रसेल प्लेयर अफ द सिरिज घोषित भएका छन्।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्