नेपाल आइडल सिजन २ का उपबिजेता बिक्रम बरालले गरे विवाह



नेपाल आइडल सिजन २ का उपबिजेता बिक्रम बराल विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि अनु गहतराजसँग प्रेम सम्बन्धमा रहेका बरालले आइतबार मात्र धुमधामसँग बिहे गरेका हुन् ।

आफूहरुको पाँच वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको बिक्रम र अनुले बताएका छन् ।

नेपाल आइडल सिजन २ का बेला प्रतिस्पर्धी बरालले अनुलाई आफ्नो प्रेमिका भन्दै स्टेजबाटै परिचय गराएका थिए ।

अनु र बिक्रमको वैवाहिक जीवन सुखी र खुसी बनोस् शुभकामना ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्