‘देश किन बनेन’ भित्र ‘नब्युँझिएका नागरिक’

काठमाडौँ । नागरिक राज्यकलागी त्यति नै महत्वपूर्ण हो जति घरका लागि जग नागरिक बिना राज्यको परिकल्पना गर्न सकिन्न। राज्यले नागरिकका नैसर्गिक अधिकार सुनिश्चित गर्नुपर्दछ भने राज्यप्रति जिम्मेवार हुनु नागरिकको पनि अनिवार्य कर्तव्य हुन्छ ।

 

महिला तथा युवा- युवतीले स्वयम्बरमा उपहार पाएको औठी समेत राज्यलाई दिए

विश्वमा आज जुन जुन देश शक्तिशालीको सुचिमा छन् ती सम्पन्न हुनुमा नेताको भन्दा बढी नागरिककै भूमिका रहेको छ । छोटो समयमा समृद्ध भएको दक्षिण कोरियाको विकासको इतिहासलाइ हेर्दा त्यहाँका नागरिकले राष्ट्रका लागि ठुलो त्याग गरेको देखिन्छ। १९९७मा दक्षिण कोरिया चरम आर्थिक सङ्कटमा फस्यो जसबाट माथि उठ्न उसलाई गार्हो परिरहेको थियो । समाधानको सहज उपाय खासै थिएन । यही बिचमा राज्यलाई आर्थिक सङ्कटबाट मुक्त गर्न नागरिकस्तरबाट स्वस्फुर्त अभियानहरु चलाइए।कर्मचारीहरुले कम तलब लिएर राज्यलाई सहयोग गरे भने त्यहाँका महिला तथा युवा- युवतीले स्वयम्बरमा उपहार पाएको औठी समेत राज्यलाई दिए । अन्तत: राज्य र नागरिकको साझा प्रयासबाट दक्षिण कोरिया आर्थिक सङ्कटमामुक्त भएर विकासको पथमा लम्कियो।यो महान उदहारणले उजागर गरेको पक्ष के हो भने राज्य त विश्वासिलो हुनुपर्छ नै त्यो भन्दा बढी नागरिक राज्य प्रति इमान्दार हुनुपर्दछ ।तर नेपालमा न त राज्यसत्ता जनउत्तरदायी र विश्वासिलो हुन सकेको छ, न त नागरिक नै राज्यका लागि त्याग गर्न तयार छन् ।आफुले लगाएका गहना देशका लागि दिने त परैको कुरा मुलुकले आपेक्षा गरेजस्तो बुद्धि, विवेकको प्रयोग समेत गरेका छैनौ हामीले ।

नेपाली हरु गलत गर्नेको बिरुद्ध सिरकभित्र बसेर फेसबुक र ट्वीटरमा गाली गरेर मस्त सुत्छन्

मुलुकको समृद्धिका लागि नागरिकमा देशको इतिहासप्रतिको सच्चा बुझाई ,बर्तमानको सहि विश्लेषण र भविष्यको चिन्ता हुनु पनि उत्तिकै अपरिहार्य हुन्छ । तर अपबाद बाहेक भुत बर्तमान र भविष्यको बुझाई विश्लेषण र चिन्ता भएका नागरिक नेपालमा भएनौ । देश शक्तिशाली हुन नागरिक मिसाइलजस्ता ‘लक्ष्यभेदी’ हुनु पर्दछ । बुर्किना फासोका नागरिक यसका उदाहरण हुन्, सन् २०१४ अक्टोबरमा शासकका गलत कर्मबाट आजित बुर्किना फासोका नागरिकले निर्णायक आन्दोलन गरि नागरिक चाहना बिपरित काम गर्ने शासकलाई कर्यकक्ष बाटै गलहत्याएर छोडे ।तेज थेग्न नसकी लामो समय सत्तामा बसेको बुर्किना लटकालिन शासक ब्लाइज कम्पाओरे भागेर छिमेकी देश लाइभेरिकोस्ट पुगे । २०१४ को बुर्किना फासो र नेपालको बिचमा मात्र दुइवोटा भिन्नता छन् ।त्यहाँ एकलौटी शासनको उपयोग गर्दै लुट मच्चाएका थिए भने नेपाली हरु गलत गर्नेको बिरुद्ध सिरकभित्र बसेर फेसबुक र ट्वीटरमा गाली गरेर मस्त सुत्छन्। पछिल्लो समय मेक्सिकोमा भ्रष्टाचार गर्ने मन्त्रिलाई नागरिकले फोहोरको कन्टेनरमा हालेर शहर घुमाएको प्रसङ्ग पनि कम विचरणिय छैन । मेक्सिको र बुर्किना मात्र हैन बिकसित देशका नागरिकसँग नेपाली लाई तुलना गर्दा हामी धेरैनै पछाडी छौ ।

अधिकांश नेपालीको लक्ष्य राम्रो श्रीमान र श्रीमती पाउनुमा सिमित भयो

हामीले आफ्नु महत्व नबुझ्दा आफुलाई केवल मतदाता,उपभोक्ता,गृहिणी,मजदुर किसान,गोठालो,सुकुम्बासी,बिद्यार्थी ,श्रीमान-श्रीमती र पेशा-व्यवसायीमा मात्रै सीमित गर्यौ । कसैले आफ्नो भाग्यलाई दोष दिएर बस्यौ,कसैले कर्मै खोटी भनेर चित्त बुझायौ । यो नै हो हाम्रो असफलताको मूल कारण यो दुनियाँमा न त भाग्यको कुनै अर्थ छ न त कसैको कर्म नै खोटो हुन्छ । आफुलाई बुझ्न धार्मिक ग्रन्थ र रुडीवादको सापटीलिन सबै चिज बिग्रियो किनकि हरेक मान्छेको चाहना हुन्छ सफल हुन । तर सफल र ठुलो मान्छे बन्न निश्चित मापदण्ड पुरा गर्नु पर्छ त्यसमध्येको एक हो, जीवन लाई महान् लक्ष्य सँग जोड्ने कुरा पहिलो सर्त हो तर गलत धारणा तोड्न नसक्दा अधिकांश नेपालीको लक्ष्य राम्रो श्रीमान र श्रीमती पाउनुमा सिमित भयो । अझ यसले नेपालि महिलामा बढी स्थान लिएको छ । त्यहि भएर युवती हरु प्राय: ब्रत बस्छन् राम्रो पति पाउँ भनेर ।जुन कुरा प्रयासै नगरी पाइन्छ ,त्यही कुरामा मरिहत्ते गर्छौ हामि । यो रुढिबादी समाजको विकृत रुप हो गजब त के च भने बिज्ञानको चमत्कारिक विकास बुझेका मान्छे पनि त्यहि गर्छौ ।अनि समाज कसरि अगाडी बढ्छ ? समाज आगाडी नबढेपछि देश कसरि समृद्ध हुन्छ? नागरिक शिथिल हुँदा स्वाभाविक रूपमा शासक बनघोडाजस्तै हुन्छन् ।

उनीहरुलाई कज्याउन नागरिक नै सक्षम हुनुपर्दछ । यो दुनियाँको मात्र होइन नेपालकै बिगतका ब्यबस्थाले पुष्टि गरेको तथ्य हो ।यसरी हेर्दा नेपालले गरिब देश हुन छाहिने नागरिक मात्र पायो, धनि बन्न चाहिने खालका नागरिक नै पाएन । बाकि अर्को पृष्ठमा…. यो लेख ‘प्रकाश विकल्प’को ‘देश किन बनेन’ पुस्तकको अध्याय दश बाट लिइएको हो ।