मजदुरमाथी आक्रमण गरेको आरोपमा बसन्त वलि पक्राउ



केन्द्रिय क्राईम बिट टिम
दाङ ।
बिजौरी आसपासको क्षेत्रमा गुण्डागर्दि गर्दै आएका टोले गुण्डा बसन्त वलिमाथि मजदुर माथी साँघातिक हमला गरेकेो भन्दै सार्वजनिक नैतिकता बिरुद्धको कसुरमा मुद्धा दर्ता गरीएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ निबासी बसन्त वलि , वडा नं ४ बस्ने रमेश के।सी, वडा नं १९ का श्रीधर डाँगी, १९ कै सञ्जय नेपाली र एक जना नाम नखुलेको व्यक्ति सहित पाँच जनालाई ईलाका प्रहरी कार्यालय तुलसिपुरमा मुद्धा दर्ता गरीएको ईलाका प्रहरी कार्यालय तुलसिपुरका डिएसपि प्रेम शाहीले जानकारी दिए।

आरोपित बसन्त वलि लाई पक्राउ गरी थप अनुसन्धान भईरहेको र बाँकि फरार रहेका वडा नं ४ बस्ने रमेश पुन, वडा नं १९ का श्रीधर बुढाथोकी, १९ कै सञ्जय नेपाली र एक जना नाम नखुलेको व्यक्ति लाई तिब्र रुपमा खोजीकार्य जारी राखिएको प्रहरी श्रोतले जाएको छ ।
गुहार खोलाको तटबन्धमा जाली लगाउने काममा संलग्न भई साँझ ६ बजेतिर घर फर्कने क्रममा बसन्त वलिको नेतृत्वमा आएको युवाहरुको समुहले माधव डाँगी , सुरेश विश्वकर्मालाई बियरको बोत्तलले साँघातिक हमला गरेको आरोप लागेको छ ।

खोलामा साँघातिक हमला भएपछि भागेर सागर हाइवेय कटेजमा ज्यान बचाउन पुगेका मजदुरहरु माथी बसन्त वलि र उनको समुहले खुकुरी , बियरका बोत्तल, ढुङ्गा ले अन्धाधुन्ध प्रहार गरेको मजदुर माधव डाँगीले जानकारी दिए ।

राजनैतिक संरक्षणको आडमा बिजौरी क्षेत्रमा गुण्डागर्दी गर्दै आएका बसन्त वलि दादा भत्ता उठाउँदै आएका टोले गुण्डा हुन् । उनले केहि हप्ता अघि बिजौरीकै श्रेष्ठ थरका व्यापारी संग दादा हप्ता भन्दै १२ सय रुपैया असुलेको रहस्य खुलेको छ ।

लुटपाट तथा नदिजन्य पदार्थको तस्करी तथा अबैध उत्खनन्मा संलग्न रहेका वलि र उनको समुहले केही महिना अघि ग्वारखोला स्थित गर्पा टोलका स्थानीय बासीहरुको घरमा तोडफोड तथा स्थानीय माथी खुकुरी प्रहार गरेका थिए ।

वलिको खुकुरी प्रहारबाट पिमलाल कामी सख्त घाईते समेत भएका थिए ।

राजनैतिक आडमा कानुन बाट सिजलै बच्दै आएका वलिले केही बर्ष अघि घोराहीका म्यानपावर कम्पनिका संचालक लाई अपहरण समेत गरी रकम असुललेको आरोप छ ।
कसुर सावित भए एक बर्ष कैद सजाए वा दश हजार रुपैयाँ जरीवाना वा दुवै सजाय हुने कानुनमा उल्लेख छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्