भोडाफोनको नोक्सानी सात अर्ब युरोभन्दा बढी   



लन्डन ।  बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले वार्षिक नोक्सानी करिब ७ अर्ब ६० करोड युरो पुगेको मङ्गलबार जनाएको छ ।

वित्तीय वर्ष सन् २०१८–२०१९ मा कम्पनीको नाफामा पनि कमी आएको भोडाफोनले जनाएको छ । खासगरी भोडाफोन इन्डियाको शेयर बिक्री गरेपछि कम्पनीको घाटा बढेको देखिएको छ ।

भोडाफोन इन्डिया पछिल्लो वर्ष आइडिया सेलुलरसँग गाभिएको थियो ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्