मंगलसेन नगरपालिकाको गाडीमा आगजनी



काठमाडौं । अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।

नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जिपमा आज बुधबार बिहान २ बजेतिर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले बताए ।

नगरपालिकाभित्र नै राखिएको नगर प्रमुख (मेयर) चढ्ने जिप करिब १ वर्ष अगाडि १ करोड २० लाखमा खरिद गरिएको थियो। जिल्ला प्रहरीका अनुसार आगजनी गर्नेहरुको खोजिकार्य जारी रहेको र गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ।

रातिको समयमा आगजनी गरिएकाले कसले आगजनी गर्‍यो भन्ने अहिलेसम्म पत्ता नलागेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्