अग्नी प्रभावितलाई गायीका भूमिका गिरीको सहयोग

काठमाडौं। लोक दोहोरी गायीका भूमिका गिरीले अग्नी प्रभावितहरुलाई आर्थिक सहयोग गरेकी छन् । गिरीले घोराही उपमहानगरपालिका वडा नम्बर १ सिरुखर्क र राजपुर गाउँपालिका १ पटौली नाकाका अग्नी प्रभावितलाई सहयोग गरेकी हुन् ।

गिरीले सिरुखर्कका गोपे थापा, हिमलाल थापा, शिबलाल थापा, मेघराज थापा र देविराम थापाका बालबालिकाको शैक्षिक सामग्री खरीदका लागि १० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

आगोले शैक्षिक सामग्री तथा ड्रेसहरु जलेका कारण खरिदका लागि प्रतिपरिवार दुई हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको उनले सैघाली खबरलाई बताइन् ।

Image may contain: 1 person, smiling

दाङको देउखुरीमा घरभई हाल काठमाडौमा बसेर कलाकारीता गर्दै आएकी गायीका गिरीले पत्रकार निमुसंगम घर्तीमार्फत ५ घरका बालबालिकालाई शैक्षिक सामग्री खरीद गर्न रकम उपलब्ध गराएकी थिइन् ।

पत्रकार घर्तीले मंगलबार वडा नम्बर १ का सदस्य छविलाल घर्तीको रोहवारमा प्रभावितलाई १० हजार रुपैयाँ उपलब्ध गराएको बताए ।

यसैबीच गायीका गिरीले राजपुर गाउँपालिका १ पटौली नाकाका अग्नी प्रभावित गगन बस्नेतको परिवारलाई पनि नगद १० हजार सहयोग गरेकी छन् ।

बस्नेतको घरमा १ हप्ता अगाडि आगलागी हुँदा ५ बाख्रा लगायत खाद्यान्यसहित सम्पूर्ण सामाग्री जलेर नष्ट भएको थियो । दुःखमा परेका व्यक्तीहरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ सहयोग गरेको उनले बताइन् ।