५ सय ६५ लिटर अवैध मदिरा स्वाहा



स्याङ्जा । प्रहरीले ५ सय ६५ लिटर तयारी अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्लाको चापाकोट नगरपालिकाका विभिन्न भेगबाट बरामद गरिएको सो परिमाणको मदिरा र १०० लिटर कच्चा पदार्थ नष्ट गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार सो मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालय रत्नपुर, प्रहरी चौकी चापाकोट, प्रहरी चौकी मल्याङकोट, अस्थायी प्रहरी पोष्ट दामाचौरबाट छुट्टाछुट्टै खटिएको टोलीले आफ्नो कार्यालयको जिम्मेवारीभित्र पर्ने स्थानबाट सो नियन्त्रणमा लिएको थियो ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्