Skip to Content

स्याङ्जाका शोभितको उपचारका क्रममा इटालीमा मृत्यु

स्याङ्जाका शोभितको उपचारका क्रममा इटालीमा मृत्यु

स्याङ्जा।
क्यानसर रोगले पिडीत स्याङ्जा स्थायी घर भएका २९ वर्षीय शोभितबहादुर बिश्वकर्माको उपाचारको क्रममा इटालीमा मृत्यु भएको छ । बिश्वकर्माको शुक्रबार उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो ।

लगातार बान्ताको समस्या देखिएपछि उनी अस्पताल पुगेका थिए तर उपचारको क्रममा उनलाई क्यान्सर लागेको पत्ता लागेको थियो । हाल दक्षिण इटालीको फोज्जिया प्रान्तमा बस्दै आएका उनी डेढ बर्ष अघि इटाली गएका थिए ।

अस्पतालमा उपाचारार्थ बिश्वकर्माकी श्रीमतीलाई ईटाली ल्याउन नेपाली अवैतानिक बाणिज्यदूत पाउलो नुगारीमार्फत पहल थालिएको थियो । श्रीमती इटाली आउनु अगावै बिश्वकर्माको मृत्यु भएको एनआरएन इटालीका महासचिव छबिलाल कडेलले जानकारी दिए।उनकी ६ वर्षकी एक छोरीसमेत छिन।

स्विट्जरल्याण्डस्थित नेपाली दूतावासका अनुसार मृतकको शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको छ।

Previous
Next