बुद्धबाट सिक्नुपर्ने कुरा

नदी किनारमा हिँड्दै जाँदा तात्कालीन प्रख्यात एक ज्योतिषीले कसैको पाइतालाको डोब देखेछन् । डोबको बनाओट सामान्य थिएन, पिछा गर्दै जाँदा पिपलको रुखमुनि एक सामान्य मानिस ध्यान गरिरहेको भेटियो । ज्योतिषीले उनको ध्यान भङ्ग गर्दै सोधे, ‘तिमी को हौ रु’ ध्यानमा बसिरहेका ब्यक्तिले भने, ‘म कोही पनि होइन ।’ ज्योतिषले भने– ‘तिम्रा पाइला हेर्दा त संसार तिम्रो हुनुपर्ने हो, संसार तिमीले जित्नुपर्ने हो ।’ उनले जवाफमा भने– ‘म कोही होइन, मलाई केही जित्नु छैन, त्यही भएर यो संसार मेरै हो ।’

उहाँ हुनुहुन्थ्यो गौतम बुद्ध । अहिले २६ सय वर्ष बितेर गए तर संसार उहाँकै छ । यतिका वर्ष संसारका मानिसको हृदयमा एकछत्र राज गर्छु भन्ने गौतम बुद्धलाई लागेको थियो कि थिएन थाहा भएन, तर बाहिरी संसार धेरै नघुमी, नदेखी, नडुलीकनै भित्री संसारको यात्राले उहाँलाई संसारभर प्रख्यात बनायो । बुद्ध, जसले चुपचाप आफूभित्रको सत्यलाई आफूले मात्र चिन्नुभएन अरुलाई पनि चिनाउने काममा लाग्नुभयो । आफू मात्रै बन्ने काम त जसले पनि गर्छन्, अरुलाई आँखा देखाउने र ज्ञान बाँड्ने काममा जिन्दगीको लामो समय खर्च गर्नुभयो । उहाँको जन्म–जयन्ती नजिकिँदै गर्दा यस्ता महान् आत्माको जन्म भएको देशमा हामीले आफूले आफैलाई पुनरावलोकन गर्नु आवश्यक छ । बुद्धले दिएको उपदेशलाई संसारले अवलम्बन गरिरहँदा हामीले के सिक्यौँ ? के गऱ्यौँ ? के गरिरहेका छौँ ? आफूले आफैलाई प्रश्न गर्नुपर्ने बेला भएको छ ।

ओशोले भन्नुभएको छ— ‘बुद्धले भन्दा बढि र बुद्धले भन्दा कम बोल्ने यो संसारमा अहिलेसम्म कोही छैन । जहाँ बोल्नु पर्दैनथ्यो त्यहाँ उहाँ बोल्नुभएन, जहाँ बोल्नुपर्थ्यो त्याहाँ बोल्नुभयो ।’ वर्षौंवर्ष मौन रहनुभएका बुद्धले जे–जति बोल्नुभयो ती सबै उपयोगी र ब्यवहारिक ज्ञान बन्न पुग्यो । उहाँले ब्यक्त गर्नुभएका हरेक शब्द मननयोग्य छन् । हामीकहाँ परिस्थिति आफूले चाहेजस्तो भएन भने म बुद्ध बन्न पनि तयार छु भन्ने अभिब्यक्ति दिइन्छ । बुद्ध बन्नु भनेको जीवनप्रतिको बिरक्ति होइन, जीवनको गहिराईलाई बुझ्न सक्नु हो । बुद्धको जिन्दगीप्रतिको खोजसँगै मानव जीवनको नयाँ अध्याय सुरु भएको हो भन्ने छ । जीवनको बारेमा बाहिरी खोज–अनुसन्धान गरेर लेख्ने, बोल्ने धेरै छन् । शास्त्रदेखि साहित्यसम्म लेखिएका दस्तावेज पनि कति छन् कति तर बुद्धले आफूभित्रको संसारलाई खोज्नुभयो, अनुभव गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘जीवनका बारेमा मैले भनेको पनि विश्वास नगर, अनुभवले विश्वस्त होउ, अभ्यास गर, आफूभित्रको संसारलाई हेर । आत्मसात गर कि मृत्यु परम सत्य हो ।’ सिद्धार्थ गौतमदेखि गौतम बुद्धसम्मको यात्रा त्यति सहज थिएन । राजा सुद्धोधन र महारानी मायादेवीका सन्तानका रूपमा राजकुरमारको जन्म भएपछि ज्योतिषीहरूले कि संसार जित्ने महाराजा या साधु हुने योग भएको बताए । बाहिरी संसारले योगी बनाउला भनी राजकुमारलाई दरबारबाहिर जान दिइएन, सुख–सुविधामा राखियो । १९ वर्षको उमेरमा विवाहसमेत भइसकेपछि एकदिन बाहिर निस्किएको बेला एक वृद्ध बिरामीलाई देखेर के भएको भनी सोध्दै जाँदा आफ्नै बारेमा मनमा प्रश्नहरू उठे । के म पनि बरामी हुन्छु रु बुढो हुन्छु रु घाटमा जल्दै गरेको लाशले अर्को प्रश्न जन्मायो, म पनि मर्छु रु त्यसपछि उहाँको मनमा यति धेरै प्रश्नहरू आए कि ती प्रश्नले लाउने, खाने, विवाह गर्ने, बच्चा पाउनेलगायतको आम दिनचर्याबाट माथि उठेर दरबार छाडी एकान्त बास गराए ।

मान्छे हो कहिलेकाहीँ भीडमा पनि एक्लै भएझैँ लाग्छ । कहिले एक्लै हुँदा भीडभाडमा छु जस्तो लाग्छ । जे–जस्ता उतारचढाव आए पनि सम्हाल्ने आफूले आफैलाई नै हो । आफूले आफैलाई सम्हाल्नुको अर्थ सशक्त हुनु हो ।

बुद्धले जीवनका बारेमा अनेक कोणबाट अभ्यास गर्नुभयो, शरीरमा हाडछाला मात्रै बाँकी रहने गरी महिनौँ भोकै बस्नुभयो । ज्ञान प्रप्तिका लागि एउटा स्कुलबाट अर्को स्कुल ९तात्कालीन गुरुकुल० धाउनुभयो । नदीका किनारमा बस्नुभयो, तराई, पहाडमा हिँड्नुभयो । लुम्बिनीमा जन्मन भएका उहाँले पूर्णिमाको रात बोधगयामा पिपलको रुखमुनि चन्द्रमाको उज्यालोलाई थप झलमल्ल पार्दै बुद्धत्व प्राप्त गर्नुभयो । अब के होला रु उहाँले कहिले आँखा खोल्न होला, आँखा खोलेर पहिलो वाक्य के बोल्नुहोला रु के ज्ञान छर्नुहोला रु भनेर पर्खिएर बसेका उहाँका चेलाहरू त्यतिबेला छक्क परे जब उहाँले आँखा खोलेपछि भन्नुभयो, ‘खाना बनाउ ।’ त्यतिबेला चेलाहरू के–के नै होला भनेको त खानेकुरा रु भनेर निराश भएका थिए रे १ तर त्यही खानेकुरा जीवनका लागि सबैभन्दा महत्वपूर्ण रहेछ भन्ने कुरा अहिले आएर मेडिकल साइन्सले प्रमाणित गरिरहेको छ । स्वस्थ जीवनका लागि खानपान नै महत्वपूर्ण हो भन्ने निष्कर्ष जताबाट पनि निस्किएको छ ।

बुद्धले आँखा खोल्नासाथ खाना बनाउ भन्नुको अर्थ यही थियो कि जीवनमा खानाको भूमिका महत्वपूर्ण छ, खाना खाउ तर जे पायो त्यही नखाउ । खानाले शारीरिक र मानसिक स्वास्थमा प्रत्यक्ष प्रभाव पार्छ । मासु खाने कि मसरुम, रक्सी खाने कि दुध भन्ने कुराचाहिँ हाम्रो हातमा छ । खानेकुरामा मात्र होइन, खुसी हुने कि दुःखी, कसैलाई राम्रो शब्द प्रयोग गर्ने कि खराब, आफूवरिपरिको वातावरणलाई सकारात्मक बनाउने कि नकारात्मक सबै हामी आफूमा निहित छ । बुद्धको अनुभवलाई अभ्यासमा बदल्न सक्यौँ भने हाम्रो संसार अर्कै हुने निश्चित छ । तर हामी कस्तो माहोल बनाउँदै छौँ रु हाम्रा नेताहरूले बोल्ने शब्दले राष्ट्र बनाउन कतिको मद्दत गर्छन् रु हाम्रा मिडियाले दिने सन्देशले समाजलाई कता लैजाँदै छ रु मिडियाको काम सुचना दिने मात्र होइन, शिक्षा दिने पनि हो । संवादका नाममा हाम्रा टेलिभिजन च्यानलहरूमा गरिने विवादहरूले के सन्देश दिइरहेका छन् रु अनलाइन, रेडियो, पत्रपत्रिका विहानैदेखि हाम्रो मुड शान्त वातावरणमा सुरु हुन्छ कि तनावमा रु तनावका श्रोतहरू के–के हुन् रु अलिकति गहिरिएर हे¥यो भने तनावका श्रोत हामी नै हौँ । हामी जो–जहाँ छौँ त्याहाँबाट आफ्नो भूमिकालाई उत्तरदायी बनाउन नसक्दा यो सब भइरहेको छ । हामीले संसार बदल्न सक्दैनौँ तर चाह्यो भने आफैचाहिँ बदलिन सक्छौँ । आखिर आफू–आफू मिलेरै त हामी बन्ने हो ।

मान्छे हो कहिलेकाहीँ भीडमा पनि एक्लै भएझैँ लाग्छ । कहिले एक्लै हुँदा भीडभाडमा छु जस्तो लाग्छ । जे–जस्ता उतारचढाव आए पनि सम्हाल्ने आफूले आफैलाई नै हो । आफूले आफैलाई सम्हाल्नुको अर्थ सशक्त हुनु हो । कुनै पनि क्षेत्रको सशक्तीकरणको कुरा गर्न पहिला आफू सशक्त हुन जरुरी हुन्छ । आफू सशक्त हुनका लागि ध्यान नै एक मात्र अचुक अस्त्र हो । ध्यानले मानिसलाई आत्माबाटै दह्रो बनाउँछ, शक्तिशाली महसुस गराउँछ । शक्तिको अर्थ आफूवरपर मानिसहरूको लाम, हतियार या पैसा जस्ता बुझाईलाई बदलेर संसार आफ्नै हो भन्ने महसुस गराउँछ । जे गरे पनि आफू सही भयो भने मात्रै राम्रो हुने हो, आफू नै सही छैन भने अरुलाई गलत देखाएर मात्र खुसी र सुखी भइँदैन ।

एकपटक एक प्रभावी महात्माको चर्चा देशभर फैलिएछ । खोजी गर्दै जाँदा कसैले उनको साथमा हिरा भएकाले उनको मान–सम्मान बढेको हो भनेपछि सो क्षेत्रको धनाढ्य मानिसले हिरालाई आफ्नो बनाएछन् । साथमा वर्षौं राख्दा पनि आफ्नो कीर्ति खासै छैन, जस्ताको तस्तै । हिराले काम नगरेपछि उनी ति प्रभावी महात्माकहाँ गएर सोधेछन्– ‘सबैले तपाईंको हिराले कीर्ति फैलाउँछ भनेकाले मैले किने तर खै म त पहिला जस्तो थिएँ, अहिले पनि उस्तै छु, यसले काम गरेन त‘, फेरि तपाईंको हिरा मैले लैजाँदा पनि तपाईंको प्रभाव कम भएन ।’ जवाफमा महात्माले भनेछन्– ‘जबसम्म तिमी आफू हिरा हुँदैनौ तबसम्म हिराले काम गर्दैन । तिमी आफैमा हिरा भएपछि पत्थर पनि हिरा बन्छ ।’

बुद्ध पूर्णिमाको अवसरमा लुम्बीनी घुमेर या बुद्ध नेपालमा जन्मेका हुन् भनेर मात्र हाम्रो दायित्व पुरा हुँदैन, बुद्धको बारेमा कुरा मात्र गरेर बुद्धको बाटो अवलम्बन गरेको मानिँदैन । बुद्धले सिकाएको ज्ञानलाई आफ्नो जीवनमा लागु गर्न सक्यौँ भने मात्र बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै हिँड्नुको सार्थकता रहन्छ । ध्यानले मानिसलाई लोभ, मोहलगायतका झिना–मसिना कुरालाई आफूबाट पन्छाउन मद्दत गर्छ । अन्ततः मानिसले चाहने भनेको मुक्ति हो, ध्यानले यस्ता कुराबाट मानिसलाई जिउँदै हुँदा मुक्ति दिलाउँछ । मुक्तिका लागि मृत्यु पर्खिरहनु पर्दैन । बुद्धबाट सिक्नुपर्ने कुरा भनेकै शान्तिपूर्ण खुशी जीवन बाँच्ने कला हो । जुन कुराको पछि दौडिँदादौडिँदै मानिसले यो संसार छोडेर जान्छ । मरेपछि ‘रेस्ट इन पिस’को कामना गर्नुभन्दा बाँच्दानै ‘एक्टिभ लाइफ इन पिस’मा रहन सक्नु जिन्दगीको सबैभन्दा ठूलो सफलता हो । घटना र विचारबाट