देश किन बनेन ? “सामाजिक विभेद”

विभेद अप्राकृतिक र अवैज्ञानिक मूल्य- मान्यताको उपज हो ।सामान्यतया असमान व्यवहार नै विभेद हो। विभेदले असमानता र असमानताले विभेद निम्त्याउँछ। यसर्थ विभेद र असमानता एक अर्काका पयार्य हुन् । जहाँ असमानता छ त्यहाँ स्वत विभेद हुन्छ र जहाँ विभेद छ त्यहाँ स्वत असमानता हुन्छ ।

‘बाठाहरुले बसेर खाने उद्देश्यबाट सुरु भएको विभेदलाई सत्ता सँगसँगै वर्ग र जातभात बिभाजनको दिशातर्फ सफलतापूर्वक विकास गरियो’

नेपाल चरम विभेद र असमानता भएका देशहरुमध्ये अग्रणी स्थानमा पर्दछ । विभेद त्यो वेलादेखि नै प्रारम्भ भयो जुन वेलादेखि मानिसहरुले श्रम गर्न थाले । श्रमको सुरुवातसँगै तत्कालिन समाजका टाठाबाठाहरुले सोझासीधालाई काममा लगाई आफु बसेर खाने परिपाटी विकास गरे ।जतिजति समाज अघाडि बढ्दै गयो,उतिउति नयाँनयाँ अवधाणनाको रुपमा विभेद पनि व्यापक हुँदै जाँदा यो शासनसत्ताको समेत आधारका रुपमा विकास भयो । बाठाहरुले बसेर खाने उद्देश्यबाट सुरु भएको विभेदलाई सत्ता सँगसँगै वर्ग र जातभात बिभाजनको दिशातर्फ सफलतापूर्वक विकास गरियो । विभेदको बिजारोपण गदैगर्दा प्रकृति,विज्ञान र भैतिक विकासका बारेमा अलिकति पनि अन्दाज थिएन । ईशवरीय अवधारणमा मानिसहरु अडिएका थिए । तर आज वैज्ञानिक रुपमै जीवन र जगत विकासको नियम पुष्टि भइसक्दा पनि विभेद कायमै रहनु आश्चर्यको विषय हो ।

जुन देशमा हिन्दु धर्मको प्रभाब छ, ती देशहरुमा मानिसलाई जातका आधारमा सानो र ठुलो छुत र अछुत मानिन्छ ।

धार्मिक जडताबाट गुज्रिएका प्राय: देशहरुमा विभेद भैतिक विकासको बाधक बन्यो । जसवाट हिन्दु धर्मको जगमा विकास भएको नेपाल पनि अछुतो रहने कुरै भएन । सामाजिक विभेदलाई साफेक्षित रुपमा सुधार गरि वैज्ञानिक दृष्टिकोणको विकास गर्नुपथ्र्यो । तर,त्यसो नगरिदा नेपालको समृद्धि विभेद र असमानताबाट सिर्जित परिस्थितिको सिकार भयो । विभेदको इतिहास प्राय देशहरुमा छ । तर,नेपाल र भारतलगायत हिन्दु धर्म हाबी भएका देशहरुमा छ । जुन देशमा हिन्दु धर्मको प्रभाब छ, ती देशहरुमा मानिसलाई जातका आधारमा सानो र ठुलो छुत र अछुत मानिन्छ । बङ्गलादेश,पाकिस्तान ,श्रीलंकाका हिन्दु समुदायमा पनि विभेद छ।जापानको बुरकु समुदायमा पनि जातका आधारमा छुत र अछुतको विभेद गरिन्छ । जुन देश र समुदाय गैरहिन्दु हुन्,त्यहा जातका आधारमा छुवाछुत छैन ।

नेपालमा भएका ऐतिहासिक राजनीतिक आन्दोलनका पृष्ठभूमि र मुद्दा हेर्दा तिनको लक्ष्य सम्पूर्ण विभेदको समूल अन्त्य नै हो । २००७ सालको वरिपरि नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको राणा शासानबिरुद्द को आन्दोलन,२०२८ सालमा नेकपा एमालेको नेतृत्वमा भएको झापा विद्रोह,२०४६ सालमा भएको बहुदलबादी दलहरुको आन्दोलन,२०५२ सालदेखि सुरुभएको नेकपा माओबादी नेतृत्वको जनयुद्दको मुख्य ध्येय हरेक क्षेत्रमा समानता स्थापित गर्नुथियो ।

राज्यले रोगको सामान्य झारफुक विधि बाट उपचार खोज्यो ‘अपरेसन’ गर्ने आट गरेन ।

तिनै आकर्षित मुद्धाले आन्दोलनमा सबैभन्दा बढी लड्ने बा मर्ने भनेका बर्गीय हिसाबले थिचिएका एबं हेलिएका मानिसहरु नै थिए ।गरिब, दलित र जनजाति भनिएका समुदाय थिए ।तर,सामाजिक विभेदका सवालहरु आन्दोलनको स्वादिलो मसालमा सिमित भए ।आन्दोलनले शासकीय परिवर्तन गरे पनि मुद्दा सम्बोधन नहुँदा बिकासको स्थाई वातावरण फेरी बन्न सकेन । लाभका पदमा केहि आरक्षण दिनु नै समानता हो भन्ने मनोविज्ञान लोकतान्त्रिक व्यवस्थाको नेतृत्वमा देखा पर्यो ।

विभेदको स्थायी रूपमा अन्त्य नहुँदा उत्पीडनमा परेको समुदायमा बिद्रोहको भावना निमिट्यान्न भएन । उत्पीडित वर्ग-समुदायमा राष्ट्रियता र देशको समृद्धिको भावनाभन्दा आफु पिल्सिनुपर्दाको सवालले बढी स्थान लियो । लोकतान्त्रिक भनिएको राज्यसमेत यथास्थितिबाट माथि नउठ्दा विभेदमा परेको समुदायले न्याय को सास फेर्न पाएको छैन ।राज्यले रोगको सामान्य झारफुक विधि बाट उपचार खोज्यो ‘अपरेसन’ गर्ने आट गरेन । गतिशिल दुनियाँ आधुनिक हुँदै जाँदा मानिसका इच्छा र चाहना आधुनिक हुँदै गए । तर, समाजलाई बुझ्ने र हेर्ने दृष्टिकोणमा भने थोरै पनि फेरबदल भएन । जसको परिणाम समस्याको स्थायी समाधान असम्भब प्राय : भयो । दिनेको कञ्जुस्याइँले माग्नेको कित्त्मा उभिएकाहरुले बारम्बार मागिरहनुपर्ने बाध्यता रह्यो। दिने कित्तामा उभिएकाले आफुलाई छुट्टै ग्रहबाट आएका मालिक ठान्दा राज्य सबै नागरिकको साझा हुन सकेन ।प्रकाश विकल्पको ‘देश किन बनेन” बाट साभार