नेपाली युवती दिल्लीमा बलात्कृत

दिल्ली।दिल्लीमा एक जना नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ। २२ वर्षीया नेपाली युवतीको दिल्ली द्वाराकामा सामूहिक बलात्कार भएको हो।

उनलाइ चार जनाले बलात्कार गरेका थिए ।
रेलको प्लेटफर्ममा बसिरहेका बेला उनी सामु चार जना युवा आए र यहाँ सुरक्षित छैन्, उता जाउँ भनि लगेर बलात्कार गरेको प्रहरीलाई उदृत गर्दै मुम्बइ मिररले जनाएको छ। भारतीय प्रहरीका अनुसार पीडित युवती मुम्बईमा आफ्नो दाइ भेट्न जाने क्रममा थिइन्।

उनी शनिवार बसबाट दिल्ली पुगेकी थिइन् भने त्यहाँबाट मुम्बईको लागि रेल चढ्ने योजना थिइन्। तर उनी समयमा पुग्न नसकेपछि उनले मुम्बई जाने रेल भेट्न सकिनन्।
आफूलाई चार जनाले बलात्कार गरेर मुम्बइ जाने रेलमा चढाइदिएको उनले प्ररहरीसमक्ष दिएको उजुरीले उल्लेख गरिएको छ। दाइलाई भेटेपछि उनले घटनाबारे भनेपछि प्रहरीका उजुरी परेको थियो, घटना आइतबारको हो।