गुल्मीमा सवारी कार्वाहीबाट ३२ लाख ८ हजार राजश्व संकलन



सन्तोष महतारा,
गुल्मी।
चालू आर्थिक वर्षको साउन देखि वैशाख महिनासम्म २१ सवारी दुर्घटनामा परी गुल्मीमा १५ जनाको मूत्यु भएको छ । जसमा पुरुष ८,महिला ४ र बालबालिका ३ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका ट्राफिक प्रमुख पृथ्वी नारायण काफ्लेले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार अनुसार ती दुर्घटनामा परी २७ जना गम्भीर घाइते भएका छन । दुर्घटनामा २२ सवारी साधन संलग्न रहेका छन । जसमा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा जिप तथा कार १० वटा,मोटरसाइकल ६, बस १, ट्याक्टर ५ वटा गरी जम्मा २२ सवारी साधन दुर्घटनामा परेका छन् । जसमध्ये १२ सवारी पूर्ण रुपमा क्षतिग्रस्त छन् । दुर्घटनाबाट कुनै पशुचौपायको क्षति भएको छैन ।

सवारी कार्वाहीबाट ३२ लाख आठ हजार राजश्व संकलन

यो चालु आर्थीक बर्षको बैशाख महिनासम्म जम्मा ३२ लाख आठ हजार राजश्व संकलन भएको छ । पाँच हजार दुई सय ९८ सवारी कार्वाहीमा परेका छन् ।

जसबाट यति राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जसमा तिन सय ९७ कार्वाहीमा परी राजश्व दुई लाख ५३ हजार,तिन सय ६२ बस कार्वाहीमा परे त्यसबाट एक लाख ८८ हजार पाँच सय राजश्व संकलन भएको छ ।

त्यसैगरी जिप र कार दुई हजार ६३ कार्वाहीमा परे भने राजश्व ११ लाख ६६ हजार पाँच सय संकलन भयो । ट्याक्टर दुई सय ४६ कार्वाहीमा परे त्यसबाट राजश्व एक लाख ३४ हजार पाँच सय,मोटरसाइकल सबैभन्दा बढी दुई हजार दुइ सय ३० कार्वाहीमा परे । जसबाट राजश्व १४ लाख ४६ हजार पाँच संकलन भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्घमा उल्लेख छ ।

त्यसैगरी मापसेबाट जम्मा ५३ सवारी कार्वाहीमा परेका छन् । जसबाट राजश्व ५३ हजार संकलन भएको कार्यालयले जनाएको छ ।

जसमा सबैभन्दा बढी पौष महिनामा छ सय ४० सवारी कार्वाहीमा परे । जसबाट सोहि महिनामा नै तिन लाख ७९ हजार पाँच सय राजश्व संकलन भएको छ । त्यस्तै सबैभन्दा कम मसिंर महिनामा चार सय ४७ सवारी कार्वाहीमा परेका छन् । जसबाट राजश्व दुई लाख ७१ हजार संकलन भएको ट्राफिक प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

विभिन्न जनचेतनामूलक कार्यक्रम

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्ने भन्दै विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ । कार्यालयले विद्यार्थीहरुका लागि कक्षा संचालन गरेको छ । १९ पटक कक्षा संचालन गरी दुई हजार चार सय २३ विद्यार्थी हरुलाई ट्राफिक नियमको बारेमा जानकारी दिइएको छ ।

सुरक्षित चालक वनाउनको लागि चालकहरुलाई कक्षा संचालन गरिएको छ । जसमा १४ जना चालकलाई नियमबारे जानकारी दिइएको हो ।

त्यस्तै कार्यालयले २२ पटक आठ सय ३६ जना ब्यबसायी,चालक र सहचालकलाई,११ पटक एक हजार दुई सय ३१ जना सर्वसाधारणलाई र अन्तरक्रिया कार्यक्रमा ६० जनालाई सहभागि वनाई जनचेतना मूलक कक्षा संचालन गरिएको छ । कार्यालयले पर्चा पम्प्लेट बितरण पनि गरेको छ ।

११ पटकमा एक हजार पाँच सय जनालाई वितरण गरिएको ट्राफिक प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । दुर्घटना न्यूनिकरण गर्न यस्ता कार्यक्रम र सवारी कार्वाही गर्ने गरेको ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताउनुभएको छ ।

सवारी कार्वाही र राजश्व संकलन को तथ्याङ्घ हेर्दा पछिल्लो समय तिव्र गतिले बढ्दै गएको देखिन्छ । यसैकारण पनि गुल्मीमा दुर्घटना न्यूनिकरण हुदै गएको छ ।

यहि आर्थीक बर्षको कार्तिक महिनामा ६ सवारी दुर्घटना भएका थिए । तर पछिल्लो बैशाख महिनामा भने दुई सवारी दुर्घनामा परेको तथ्याङ्घमा उल्लेख छ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्