कर्मचारी सरुवाको विषयलाई लिएर उद्योग मन्त्रालयमा तनाव

काठमाडौ।कर्मचारी सरुवाको विषयलाई लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र कर्मचारीहरुबीच तनाव उत्पन्न भएको छ। आज बुधबार मन्त्री मातृका यादवको निजी सिचवालयमा झण्डै हात हालहालको अवस्था आएको मन्त्रालय स्रोतले जनाएको छ।

सरुवामा विधि मिचेको भए कारबाही गर्नेसम्मको प्रतिबद्धता मन्त्री यादवले पटकपटक गरेपछि भने अहिले शान्त भएको बताइएको छ।

मन्त्रालय स्रोतका अनुसार कांग्रेसनिकट कर्मचारीले निजी सचिव प्रेम आचार्यसँग विवाद गरेको जनाइएको छ। कांग्रेसनिकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको मन्त्रालयले जनाएको छ।

होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।