मिडियामा अराजकता मौलायो _मुख्यमन्त्री पोखरेल

जनक नेपाली
दाङ । पाँच नं.का मुख्यमन्त्री शंकर पोख्रेलले संचारक्षेत्रमा अराजकता बढ्दै गएकाले मिडिया काउन्सिल विधेयक आवश्यक परेको वताउनु भएको छ ।संसदमा पेश भएको विधेयकमा आवश्यक भए छलफल गर्न सकिने हुँदा धेरै नआत्तिन मिडिया संचालक र संचारकर्मीलाई उहाँले आग्रह गर्नु भयो । स्वच्छन्द्धका नाममा मिडियामा केही अराजकता मौलाएको बताउँदै त्यसको नियमन गर्न विधयेक आएको ल्याएको वताउँनुभयो । दाङको घोराहीमा रहेको रेडियो मध्य पश्चिमको १३ औ बार्षिक उत्सवको उद्घाटन गर्द उहाँले यस्तो बताउँनु भएको हो । संचार माध्यम बलियो भए मात्र लोकतन्त्र बलियो हुने वताउँदै त्यसका लागि संचार माध्यमको विकासका लागि सहकार्य गरेर अगाडी बढ्न आबश्यकता रहेको औल्याउँनुभयो ।


मुख्यमन्त्री पोख्रेलले मिडिया क्षेत्रभित्र देखिएको अराजकता र बेथितीको रोकथामका लागि मिडिया क्षेत्र आफै अग्रसर हुनु पर्नेमा ठाँउमा एक भएर आन्दोलन गर्नु आश्चर्यको विषय भएको जिकिर गर्दै न्याय पालिकालाई नियन्त्रण गर्ने न्याय परिषद् कै ढाँचामा सरकारले मिडिया काउन्सिल बनाउन खोजेको दावी गर्नु भयो । मिडिया काउन्सिल विधेयक कस्तो बनाउने भन्ने विषयमा सम्बन्धित पक्ष संग छलफल गर्ने सकिने बताउदै उहाँले मिडियालाई कमजोर पार्ने काममा सरकार नलागेको बताउनु भयो । यसै विच आजै एक फरक कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले पुर्नगठित नेकपाका जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराउनु भएको थियो । घोराही स्थित गणेशहलमा सफत ग्रहण गराउँनु भएको हो ।