पूर्व आयुक्त पाठक ७८ लाखमा छुटे



काठमाण्डौ । घुस लिएको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ बुझाएर तारेखमा छुटेका छन् । बुधबार बिशेष अदालतले ७८ लाख धरौटी बुझाउन आदेश दिएको थियो । अदालतले आदेश दिएको केही बेरमा उनले सो रकम बुझाएर अदालतबाट छुटेका हुन् ।

घुस लिएको अभियोग परेको मुद्दामा उनी बुधबार बिशेष अदालतमा हाजिर भएका थिए । बयानपछि बिशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारीकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैध तीन जनाको इजालासले पाठकसँग धरौटी माग्ने आदेश दिएको हो ।भक्तपुरको नेपाल इन्जिनियरीङ कलेजमा सञ्चालकबीचको विवादमा लम्बोदर न्यौपाने पक्षमा निर्णय गरिदिने भन्दै पाठकले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा परेको थियो ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्