बबई गाउपालिकाद्धारा सय जना जेष्ठ नागरिकको आखाँको शल्यक्रिया गरिदै



बालकृष्ण पाण्डे जेष्ठ, ११ हापुरे दाङ ।

दाङको बबई गाउँपालिकाले एकसय जना ज्येष्ठ नागरिकको आखाँमा लाग्ने रोग मोतियाबिन्दुका कारण आँखा बन्द भएका ज्येष्ठ नागरिकहरुलाई उज्यालो प्रदान गर्ने कार्यक्रम अन्तर्गत एकसय जनाको निशुल्क सल्यक्रिया गरिने जनाएको छ ।

यसअघि गाउपालिकाले पहिलो चरणमा ३९ जना आखाँका रोगिहरु मध्य २४ जनाको निशुल्क सल्यक्रिया गरिसकेको छ भने बाँकिको उपस्थित भएमा गरिने गाउपालिकाले जनाएको छ । दोस्रो चरणको कार्यक्रम अन्र्तगत बबईगाउँपालिकाले जनकल्याण माबि पदमपुरमा आज मोतियाबिन्दु छनौट शिबिर सञ्चालन गरेको हो ।

बबईगाँउपालिकाको आर्थिक सहयोग र राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा बबई गाउँपािलकाकोहापुरेमा सञ्चालन भएको आँखा शिविरमा २ सय ८८ जनाले आखाँ जाच गराएको शिबिरमा संलग्न डाक्टरहरुले बताएका छन् ।

ति मध्य ४१ जनामा मोतिया बिन्दु देखिएको छ । मोतिया बिन्दु देखिएका बिरामीहरुको भोली देखी निसुल्क सल्यक्रिया गरिने बबई गाउँपािलका अध्यक्ष भुवनेस्वर पौडेलले जानकारी दिनु भएको छ । तेस्रो चरणमा यहिँ १८ गते बबईगाउपालिकाको वडान ३ हंसपुरमा मोतियाबिन्दु छनौट शिबिर सञ्चालन गरिने बबईगाउपालिकाका प्रेस संयोजक बालकृष्ण पाण्डेले जानकारि दिनुभएको छ ।

बबई गाउँपालिका र नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालबिच यस आर्थिक वर्षमा बबईगाउपालिकाका १०० जना ज्यष्ठनागरिककोे मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने सम्झौता भएको बबई गाउपालिकाका अध्यक्ष भु्वनेश्वर पौडेलले जानकारि दिनुभएको छ । मोतियाबिन्दुको सल्यक्रिया पश्चात निशुल्क चस्मा र औषधि पनि बितरण गरिने गाउँपालिकाले बताएको छ ।

निशुल्क आयूर्बेद बिशेषज्ञ शविर सम्पन्न

यसैबिच निशुल्क आयूर्बेद बिशेसज्ञ शिविर पनि सम्पन्न भएको छ । शिविरमा पायल्स, ग्याँस्ट्राइटिस ताथ बाथरोग लगाएतका रोगका गरि करिब ७ सय जनाले सेवा लिएका छन् ।

प्रादेशिक आयुर्बेद अस्पताल बिजौरीको आयोजना तथा बबई गाउँपालिकाको सहआयोजनामा एक दिनका लागी निशुल्क सञ्चालन भएको आयूर्बेद शिविरमा उक्त बिरामीहरुले सेवा लिएको बबई गाउँपालिका प्रेस संयोजक बालकृष्ण पाण्डेले जानकारी दिनु भएको छ ।

शिविरमा सबै बिरामीहरुलाई ७ देखी १० दिन सम्मको लागी आयूर्बेदिक औषधी निशुल्करुपमा बितरण गरिएको र स्वास्थ्य अबस्थामा अलि धेरै समस्या भएकाहरुलाई भने प्रादेशिक आयूर्बेद अस्पताल बिजौरीमा बोलाइएको आयूर्बेद स्वास्थ्य सहायक बसन्त रावतले बताउनु भएको छ ।।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्