घट्टेकुलोमा भएको विष्फोटमा विप्लवका विद्यार्थी नेता रविन केसी घाइते

काठमाडौँ । काठमाडौँको घट्टेकुलोमा आइतबार दिउँसो भएको विष्फोटमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीको अनुमान गरेको छ ।

घटनास्थलमा विप्लब समूहको भोलिको बन्द सफल पारौं भन्ने नारासहितको पर्चा भेटिएपछि विस्फोटमा विप्लव समूहको स‌ंलग्नता रहेको प्रहरीले आशंका गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

विस्फोटनमा परी घाइते हुनेमध्ये एक जना विप्लवका विद्यार्थी नेता रविन केसी रहेका छन् । उनी त्रिचन्द्र कलेजमा विप्लव माओवादीको विद्यार्थी संगठनका अध्यक्ष रहेको प्रहरीले जनाएको छ।