विस्फोटमा सिलिण्डर होइन, कुकुर बम हुनसक्ने प्रहरी आशंका

काठमाडौँ । काठमाडौँको सुकेधारमा आइतबार दिउँसो भएको विस्फोटमा सिलिण्डर नभई कुकर बम हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

सुकेधाराको एक सैलुन र घट्टेकुलोको एक घरमा विस्फोट भएको थियो । सुरुमा प्रहरीले समेत सिलिण्डर विस्फोट भएको खबर आएको बताएको थियो ।

सुकेधारामा विस्फोटपछि उद्दारमा संलग्नहरुले सिलिण्डर नभई कुकर बम विस्फोट भएको बताएका छन् ।

तर, अनुसन्धानका क्रममा दुवै ठाउँ सिलिण्डर नभई बम विस्फोट भएको पाइएको छ । दुबै घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन ।

घट्टेकुलोमा विप्लव समूहको नेपाल बन्द सफल पारौं भन्ने पर्चा भेटिएको छ भने घाइते भएका रविन केसी विप्लव समूहका विद्यार्थी नेता भएको पुष्टि भएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सुकेधारा घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन । प्रहरीले पनि दुबै घटनाको प्रकृति एउटै भएको बताएको छ ।

विप्लव समूले भोलिको बन्दलाई लक्षित गरि बम बनाउँदै गर्दा विस्फोट भएको हुन सक्ने आशंका गरेको छ ।