बम विष्फोटपछि स्थानीयमा त्रास

(हेर्नुस् घटनास्थलको भिडियो)

काठमाडौं । काठमाडौंको अनामनगर घट्टेकुलो र सुकेधारामा दिउसै विष्फोट भएपछि स्थानीय त्रसित भएका छन् ।

नेपाल बन्दको अघिल्लो दिन सिँहदरबारको पर्खाल नजिकै रहेको अनामनगर घट्टेकुलोस्थित एक तले घरमा विष्फोटपछि कतिबेला, कसले, कहाँ के गर्ने हो भनेर स्थानीयमा निकै त्रास बढेको प्रत्यक्षदर्शीले बताएका छन् ।

करिब २ महिना अघिमात्रै उक्त घरमा भाडामा बस्न आएका व्यक्तिको कोठाभित्र बम विष्फोट भएको हो । उक्त घटनामा भएको विष्फोटमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृतकको पहिचान खुल्न सकेको छैन भने शव घरभित्रै छ । घाइते विप्लवका विद्यार्थी नेता रविन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

यो घटना बारे स्थानीय के भन्छन् ? हेर्नुस् यो भिडियो