अनामनगर विष्फोटमा मृत्यु हुनेको पहिचान खुल्यो



काठमाडौं । काठमाडौंको अनामनगर घट्टेकुलोमा भएको बम विस्फोटमा परी मृत्यु हुनेको पहिचान खुलेको छ। आइतबार अपरान्ह लोकमन्जरी कार्कीको एक तले घरमा भएको बम विस्फोटमा परी प्रज्वल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । शाही नेत्रविक्रम चन्दसँग निकट भएको प्रहरी स्रोतको दाबी छ ।

पार्टीमा उनको के भूमिका थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त बम विस्फोटमा त्रिचन्द्र कलेजमा विप्लव माओवादीको विद्यार्थीका अध्यक्ष रविन केसी घाइते भएका छन् ।

उता सुकेधाराको विस्फोटमा परी महोत्तरी घर भई अहिले सुकेधारामा सैलुन चलाउँदै आएका ५९ वर्षका जीवकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको छ। अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक जनाको भने सनाखत हुन सकेको छैन।

विप्लव माओवादीले जेठ १३ गते नेपाल बन्द आह्वान छ। त्यसैको पूर्वसन्ध्यामा बम बनाउने तयारी गरिरहेका बेला बिस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

दुबै घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

यसअघि विप्लवले जेठ ८ गते निकालेको विज्ञप्तिमा केपी ओली सरकारले गरेको जघन्य घटनाको बदला जनताले उचित समयमा लिने नै चेतावनी दिएका थिए। प्रहरीले आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई भोजपुरमा हत्या गरेको भन्दै विप्लवले बदला लिने चेतावनी दिएका थिए।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्