कुकरसहित विप्लवका सात कार्यकर्ता पक्राउ

एक बोरा पुल्ठो र ३ झोला पर्चा बरामद

-सैघाली खबर-

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित नरेफाँटबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै जना नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता रहेको बताइएको छ ।

पक्राउ पर्नेको नाम खुलाइएको छैन । स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, बोनश्वरको टोलीले ४ वटा कुकरसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक बोरा पुल्ठो र ३ झोला पार्टीको पर्चा पनि बरामद भएको छ ।

आइतबार दिउँसो राजधानीको सुकेधारा, अनामनगर, लगनखेल र चन्द्रागिरी नगरपालिकामा बम विष्फोट भएको छ । विष्फोटमा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।