धाराको पानी छोएको निहुँमा खुकुरी प्रहार

काठमान्डौ ।धाराको पानी छोएको निहुँमा गाली गरेपछि जातिय विभेद गरेको भन्दै एक व्यक्तिले छिमेकीलाई खुकुरी प्रहार गरेका छन्
कागेश्वरी मनहरा–७, डाँछीका राजकुमार सार्कीले स्थानीय सुनील नगरकोटीमाथि शनिबार साँझ खुकुरी प्रहार गरेका हुन् ।

धाराको पानी छोएको निहुँमा नगरकोटीले गालिगरेपछी राजकुमारले खुकुरी प्रहार गरेका हुन् खुकुरी प्रहारबाट गम्भीर घाइते भएका नगरकोटीको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भईरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ।
घटनाबारे थप आनुसन्धान भईरहेको छ ।