आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु



काठमाडौँ । ‘फूलको आँखामा फूलै संसार’ गीत गाएपछि चर्चाको शिखर चुमेकी गायिका आनी छोइङ डोल्माको सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु भएको छ ।

नेपालमा आनीको खातामा पटक–पटक स्रोत नखुलेको रकम भित्रिएपछि गायिका आनीको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरण आशंकामा अनुसन्धान सुरु भएको हो ।

आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनियम दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेका हुन् ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्