अपांगता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण तथा अभिमुखिकरण कार्यक्रम

 

दाङ।तुलसीपुर उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयको आर्थीक सहयोग तथा वडा स्तरिय अपांगता समन्वय समितिको आयोजना र राप्ती बहिरा संघ दाङको समन्वयमा अपांगता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण तथा अपांगता अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ।

तुलसिपुर उपमहानगरपालिका वडा नं।५ का वडा अध्यक्ष विरेन्द्र शाहको प्रमुख आतिथ्यता तथा वडास्तरिय अपांगता समन्वय समिति तुलसीपुर उपमहानगरपालिका वडा नं।५ का संयोजक बच्चचुराम परियारको शभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि विरेन्द्र शाहले तुलसिपुर उपमहानगरपालिका वडा नं।५ मा रहेका हरेक वर्ग र प्रकारका अपांगता भएका व्यक्तिहरुको ससम्मान अन्य व्यक्ति सरह समाजमा समान रुपमा बाँच्न पाउनु पर्ने अधिकारको वडाले सम्मान गर्ने र हरेक वर्ष अपांगता भएका व्यक्तिहरुको हकहित र आयआर्जनमा सहयोग गरी स्वरोजगार तथा स्वाबलम्बी अपांगचा भएका व्यक्ति बनाउनका लागि वडाले बजेट तथा कार्यक्रमहरु बनाउँदै अगाडि बढाउने र वडालाई अपांगता मैत्री वडा बढाउनका लागि आधारहरुको विकास गर्दै जाने कुरामा जोड दिए ।

कार्यक्रममा प्रशिक्षक द्वोय प्रतिमा शर्मा र देवा डाँगीले अपांग ता परिचयपत्र बनाउने प्रक्रिया ,अपांगताको प्रकार,परिचयपत्रको महत्व , प्रकार , अपांगता अधिकार एन तथा नीतिगत व्यवस्थाहरुको बारेमा सहजिकरण गरेका थिए । उक्त कार्यक्रममा १ जनालाई ट्राईसाईकल, १ जनालाई ह्विलचियर ,२ जनालाई बैशाखी र २ जनालाई एल्बो कर्चिच हस्तान्तरण गरिएको थियोे ।

उक्त कार्यक्रममा वडा सदस्य सावित्रा गुरुङ, वडा सचिव संजय गुप्ता , नवराज बस्नेत र सहभागी उमलाल बुढाथोकी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

समन्वय समितिका सचिव हरिकला भन्डारीले सहजिकरण गरेको उक्त कार्यक्रम ६० जना भन्दा बढीको सहभागीता रहेको थियो ।