बडा अध्यक्षको चरम लापर्बाही, बडाको ५० लाख बजेट कनिका छरे जस्तै छरियो



घोराही, जेष्ट ३१

घोराही १७  क्रिकेट रंगशाला लाई आएको एक करोड़ बजेट मध्य ५० लाख बजेट रकमांतर गरि बिभिन्न वडामा बडिएको खुल्न आएको छ । बडा नं १७ को  अध्यक्षको लापर्बाहीले  प्रदेशस्तरीय क्रिक्रेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले यस बर्ष  घोराही उपमहानगरपालिका लाई निर्शत अनुदानका रूपमा १ करोड रकम प्रदान गरको रकम सही सदुपयोग हुन नसकेको देखिएको छ । मैदानको  एक करोड़ बजेट मध्य ५० लाख बजेट रकमांतर गरि बिभिन्न वडामा बडिएको एक कार्यपालिका सदस्यले जानकारी दिएका छन ।” बडा नं १७ को  अध्यक्षले बडामा आएको बजेट सदुपयोग गर्न सक्नु भएन फ्रीज हुन लागेको बजेट लाई सदुपयोग गरेका हौं ”

स्थानीय  सरकार सञ्चालन  ऐन -२०७४ अनुसार बडा अध्यक्षले वडा भित्रका  खेलकुको संरचनाको पूवाधार  बनाउन पहल गर्ने उल्लेख भएता पनी आफुले पाएको अधिकार प्रयोग गर्न नजान्दा वडा नं १७ लाई ५० लाख बजेट घाटा लागेको जानकरहरु बताउछन।

२०७४-७५ मा घोराही उप महानगरपलिकाले  आफ्नो नीति तथा   कार्यक्रममा क्रिकेट रंगशाला बनाउने  निर्णय गर्यो, गत बर्ष मैदान बनाउन  करीब एक करोड़  बजेट पनि बिनियोजन  भयो मैदान लाइ अपुग  जग्गा खरिद  गर्ने निर्णय गरियो  तर मैदानको लागी  अबस्यक सम्पुर्ण जग्गा खरीद नगरी अन्यात्रै जग्गा खरीद गरिदा पनि  वडा नं १७ का अध्यक्षले सुइको समेट नपाएको   स्थानीय सरोकारवालाले आरोप  छ । अहिले पनि अन्तराष्ट्रीय मापदंड अनुसार पूर्ब- पस्मिममा जग्गा अपुग रहेको प्रबिधिकहरू बताउछन  ।

यस  चालू आव ०७५–७६ मा करीब १.५ करोड बजेट बिनियोजन गरियो तर वडा नं १७ का अध्यक्षले  खासै चासो र आफ्नो अधिकार र जिम्मेवारी थाहा नपाए पछि  समस्या आएको देखिन्छ । अंतिम समयमा  दांग जिल्ला क्रिकेट संघ, जमुना टोल बिकास सस्था, घोराहि नगरपालिकाका पुर्ब कार्यकारी अधिकृत हरि प्रशाद पाण्डेको बिशेष पहलमा उपभोक्ता समिति गठन गरि ५० लाख बराबरको काम सुरु गरिएको जमुना टोल बिकास सस्थाका अध्यक्ष दुर्गा खत्रीले जानकारी दिएका छन  ।

दांग क्रिकेट संघ र स्थानियको बिशेस पहलमा तत्कालीन घोराही नगरपालिका, जिल्ला बिकास र साम्सद कोसको करीब ३०  लाख बजेटले मैदान राष्ट्रिय स्तरको  खेल खेल्न योग्य बनेको थियो। दांग किकेट  संघले घोराहीको गुलरिया मैदानमा दुई वटा क्लब स्तरिय राष्ट्रिय प्रतियोगिता २०७४ र २०७५ मा सम्पन्न गर्‍यो भने धेरै जिल्ला, छेत्रीय प्रतियोता सम्पन्न गरेको थियो भने घोराही नगरपालिकाले  “नगरपालिका कप” क्रिकेट प्रतियोगिता प्रतेक बर्ष  गर्ने गरेको यो मैदान अहिले खेल्न लायकको देखिदैन ।

उपमहानगरपालिकाले  करीब ३५ करोड खर्च लाग्ने गरी प्रदेशस्तरीय क्रिक्रेट रंगशाला निर्माणको लागि डीपीआर बनाएको छ हाल डीपीआर अनुसार खेलकुद मन्त्रालयको बजेट अन्तर्गत जिल्ला खेलकुद बिकास समितीले  बिनियोजन गरको २० लाख रकमले  जिल्ला क्रीकेट संघको भबन र चेन्जिङ रुम बनाउने तयारी हुदै  छ  भने उपमहानगरपालिकाको ५० लाख रकमले डीप बोरिंग, मैदान तारबार, माटो कटान, मैदान लेबल, सीमेंट  अभ्यास पिच बनउन पहल गरिएको दांग जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले  बताएका छन । उनले यस बर्ष योग्य मैदान नहुँदा धेरै प्रतियोता गर्न नसकिएको बताएका छन “प्रतेक बर्ष हुने नगरपालिका कप, सगरमाथा कप, जेसिज कप, बुम रेमिट कप, दाङ प्रिमियर लिग जस्ता प्रतियोगिता मैदान नभएको कारण हुन सकेको छैन” ।

तत्कालीन  नगरपालिका  कार्यकारी अधिकृत हरि पाण्डेको निर्णय र  तुफान  केसीको  बिशेस  पहलमा दांग क्रिकेट संघ, स्थानीय जमुना टोल बिकास सस्था र  विभिन्न सामाजिक संघसंस्था, खेलप्रेमी व्यक्तिको सहयोगले २०७१ साल देखि  करिब १० बिघामा  फैलिएको प्रदेशस्तरीय क्रिक्रेट रंगशाला निर्माण गर्न थालिएको हो ।

 

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्