Skip to Content

अपाङगता भएका ब्यक्तिहरुका लागी क्षमता विकास तालिम

अपाङगता भएका ब्यक्तिहरुका लागी क्षमता विकास तालिम

 

दाङ।सामाजिक विकास मन्त्रालय प्रदेश नं।५ बुटवलको आर्थीक सहयोग , शान्तिनगर गाउँपालिकाको समन्वय र राप्ती बहिरा संघ दाङको आयोजनामा अपांगता भएका व्यक्तिहरुको सशक्तीकरणका लागि क्षमता विकास कार्यक्रम शान्तिनगर गाउँपालिका चिराघाटमा सम्पन्न भएको छ।

 

शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीको विशिष्ट आतिथ्यता र राप्ती बहिरा संघ दाङका कार्यकारी निर्देशक प्रतिमा शर्माको शभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले अब अपांगता भएका व्यक्तिहरु आफ्नो अधिकार र कर्व्यका बारेमा सचेत हुँदै आर्थीक,शैक्षिक ,सामाजिक ,साँस्कृतिक तथा राजनीतिक क्षेत्रहरुमा सशक्तीकरण हुन जरुरी भएको कुरामा जोड दिएका थिए ।

 

 

 

साथै प्रमुख अतिथि डाँगीले अपांगता भएका व्यक्तिहरुलाई सिपसिकाई आत्म निर्भर गराउने र अन्य व्यक्ति सरह उनिहरुले पनि जीविकोपार्जन गर्न पाउन भन्ने उद्देश्य राखेर गाउँपालिकाले अब आउने बजेट तथा कार्यक्रमहरुमा स्वयं अपांगता भएका व्यक्तिहरुको सहभागीता र माग तथा आवश्यकता अनुसारका कार्यक्रमहरु समावेस गर्ने कुरामा पनि जोड दिए ।

५० जनाको सहभागीता रहेको उक्त तालिममा प्रशिक्षक प्रतिमा शर्मा र देवा डाँगीले अपांगता अधिकार ,नीतिगत व्यवस्थाहरु,संविधानप्रदत्त अधिकारका कुराहरु,अपांगताको परिभाषा ,प्रकार, अपांगता परिचयपत्र बनाउने प्रक्रिया ,आवश्यकता र महत्त्व तथा सेवासुविधाहरु लगायतका विषयवस्तुका बारेमा सहजिकरण गरेका थिए ।

उक्त तालिमको समापनमा शान्तिनगर गाउँपालिकाका महिला बालबालिका तथा सामाजिक शाखा प्रमुख गुप्ता अधिकारी , सहभागीहरु वसन्ती वली , वीरभान खत्री ,ईन्द्रा श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

Previous
Next