प्लाष्टिक जन्यबस्तु प्रयोग गर्न नपाईने



दाङ । ‘हरितक्रान्ति आत्मनिर्भता र समतासंगै मानव बिकास स्वास्थ्य र स्वच्छ’ घोराही उप–महानगरपालिका भन्ने नाराका दासाथ प्लाष्टिक जन्यबस्तुको प्रयोग न्यूनिकरण अभियान थालिएको छ । घोराही उप–महानगरपालिका वडा नं.१४ बाट अभियानको थालनी सुरु गरिएको हो । अभियानको घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नु भएको हो । अभियानको उद्घाटन गर्दै उहाँले पूर्ण सरसफाई अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । हाम्रा दैनिक आनीवानीले वातावरणमा प्रतिकुल असर पारेको भन्दै यस्ता गर्ने आनीवानी त्याग्नु पर्ने वताउँनुभयो । यो अभियानले दाङलाई सफा र स्वच्छ बनाउँन भुमिका खेल्ने बताउँनुभयो । त्यस अबसरमा बोल्दै घोराही उप–महानरपालिका वडा नं.१४ का अध्यक्ष शक्तिराम डाँगीले दाङमा प्लाष्टिक जन्य बस्तु र त्यसबाट उत्पादित झोला प्रयोगगर्न नियन्त्रणका लागि सबैले भुमिका खेल्नुपर्ने बताउँनुभयो ।प्लाष्टिकले स्वास्थ्यमा असरपार्ने भन्दै यस्ता बस्तुको प्रयोग गर्न प्रतिबन्ध आग्रह गर्नुभयो ।


घोराही उप–महानगरपालिकाले नगरक्षेत्रलाई हरित नगरका रुपमा बिकास गर्ने आफ्ना १९ वटै वडामा प्लाष्टिक जन्य बस्तुको प्रयोगमा प्रतिबन्ध गर्ने अभियान सुरु गरेको बताउँनुभयो ।मानव स्वास्थ्य तथा वातावरणीय संरक्षणलाई ध्यानमा राखी तोकिएको मापदन्ड भन्दा कम गुणस्तरको प्लाष्टिक झोला, थौले विक्री वितरण तथा प्रयोगमा रोक लगाएको घोराही उप–महानगरपालिकाका वातावरण तथा विपत्त व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका डाँगीले जानकारी दिनुभयो । फोहरमैला व्यवस्थापन कार्यविधी २०७४ निर्माण गरी यस्ता बस्तु प्रयोगमा प्रतिबन्ध गरिएको संयोजक डाँगीको भनाई छ ।


यसका साथै उप–महानगरपालिकाले प्लाष्टिकका गिलास,प्लेट चम्चा र त्यसमा प्याक गरेका माछा,मासु,बिस्कुट, पाउरोटी जस्ताबस्तु विक्रि वितरण र प्रयोग नगर्न सर्वसधारण र व्यवसायीहरुलाई आग्रह गरेको छ । कम्पनीबाट प्याक भएर आएका खाद्य पदार्थ जुत्ता, चप्पल कपडा लत्ताका प्लाष्टिकलाई जथाभावी नफ्याँक्न समेत आग्रह गरिएको छ ।सर्वसधारणलाई बजारमा सामान किनमेल गर्नका लागि प्लाष्टिक झोलाको विकल्पमा कपडा र फाइवरका झोला प्रदान गर्दे आएको छ । गुणस्तरहीन प्लाष्टिक बस्तु प्रयोग गरेको पाईए पाँचसय देखि १ लाख रुपैयाँ सम्म जरिवाना गर्ने व्यवस्था छ । त्यस अबसरमा नेपाल उद्योग वाणिज्य संघ पाँच नं. प्रदेश उपाध्यक्ष हेमराज बञ्जाडे,घोराही उप–महानगरपालिकाका ईन्जिनिएर युवराज पौडेल लगाएतले अभियानको शुभकामना व्यक्त गर्नु भएको थियो । वडाअध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव तिलकराम डिसीले गर्नु भएको थियो ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्