Skip to Content

६ महिनामा  ३८ पत्रकार मारिए

६ महिनामा ३८ पत्रकार मारिए

 

सन् २०१९ को पहिलो ६ महिनामा विश्वका विभिन्न २० मुलुकमा ३८ पत्रकार मारिएको जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ ९पिइसी० ले जनाएको छ । सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको संख्यामा ४२ प्रतिशतको कमी देखिएको पिइसीको तथ्यांकमा उल्लेख छ ।

पत्रकारहरूको हत्यामा कमी आउनु सकारात्मक भए पनि मेक्सिको र अफगानिस्तानमा मारिने पत्रकारको संख्या कहालीलाग्दो रहेको पिइसीले जनाएको छ । ‘सन् २०१९ को जनवरीदेखि जुनसम्ममा विभिन्न खाले घटनामा गरी मेक्सिकोमा नौ र अफगानिस्तानमा छ पत्रकार मारिएका छन्,’ पिइसीको विज्ञप्तिमा उल्लेख छ ।

‘सम्बन्धित देशको संघसंस्थाले सञ्चारमाध्यम तथा त्यहाँ कार्यरत पत्रकार र अन्य सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूत गर्न असफल हुँदा वा आवश्यक कानुनी प्रक्रियामा लान असफल बन्दा यसलाई हेर्न र दण्डहिनताविरोधी संघर्षका लागि अन्तर्राष्ट्रिय समुदायले स्वतन्त्र संरचनाको स्थापना गर्नुपर्ने देखिएको छ,’ पिइसी महासचिव ब्लाइस लेम्पेनले भनेका छन्, ‘क्षेत्रीयस्तरमा हेर्दा ल्याटिन अमेरिकी मुलुकहरूमा सन् २०१९ को पहिलो ६ महिनामा अन्य क्षेत्रको तुलनामा धेरै ९१५ जना० पत्रकार मारिएका छन् भने यससम्बन्धी मध्यपूर्वको तथ्यांकमा सुधार देखिएको छ ।”

मध्यपूर्वी मुलुक सिरिया र इराक पछिल्लो समय द्वन्द्वका घटनामा पनि कमी आएको र पत्रकारहरूमाथिको आक्रमण पनि तुलनात्मक रूपमा कम देखिएको लेम्पेनले बताए ।

सरकार, विभिन्न संघसंस्था तथा नागरिक समाजले पत्रकारमाथिको आक्रमणलाई कमी गर्न पत्रकारको सुरक्षामा ध्यान दिनुपर्ने पिइसीको सुझाब छ ।

यसबाट आधाभन्दा बढी पत्रकारको हत्यामा कमी ल्याउन सकिने महासचिव लेम्पेनले बताए । सन् २०१४ मा स्थापना भएको अन्तर्राष्ट्रिय पत्रकारहरूको समूह पिइसी गैर–सरकारी संस्था हो ।

द्वन्द्वरत क्षेत्रका काम गर्ने यस संस्थाले संयुक्त राष्ट्रसंघसँगको विशेष परामर्शमा पत्रकारलाई संरक्षण तथा सुरक्षा दिने गरेको छ । एजेन्सी

Previous
Next