सबै स्थानीय तहमा नेपाल घरेलु तथा साना उद्योग माहासंघ गठन गरिने



दांग, आसार २२

नेपाल घरेलु तथा साना उद्योग माहासंघ दांग जिल्लाले १० वटौ स्थानीय तहमा आफ्नो कमिटी गठन  गर्ने भएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ र नेपाल घरेलु तथा साना उद्योग माहासंघ को संसोधित बिधन अनुसार १० वटौ स्थानीय तहमा आफ्नो कमिटी गठन गर्न लागेको नेपाल घरेलु तथा साना उद्योग माहासंघ दांग जिल्लाका अध्यक्ष  प्रदीप मजगैयाले जानकारी दिएका छन । आज बसेको माहासंघको  बैठकले १० वटौ स्थानीय तहमा आफ्नो कमिटी गठन गर्न माहासंघका बरिष्ठ उपाध्यक्ष लब अधिकारीको अध्यक्षतामा ८ सदस्य तयारी कमिटी गठन गरेको छ ।

बैठकले जिल्लाका घरेलु तथा साना उद्योगहरुको  प्रोफाइल तयार गर्ने , महिला कर्जा , कृषि कर्जा,महिला उद्यमशीलता कर्जाको लागी सरोकारवालाहरुसंगा छलफल गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले नेपाल घरेलु तथा साना उद्योग माहासंघ दांग जिल्लाका उपाध्यक्ष शशिधर ओलीको ममतामयी आमाको निधनप्रति शोक प्रस्ताब पारित गरेको गरेको छ । बैठक जिल्ला अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षता तथा नेपाल घरेलु तथा साना उद्योग माहासंघ प्रदेश नं ५ का सचिब किरण कुमार रेग्मिको बिशेष उपस्थितिमी सम्पन्न भएको थियो ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्