Skip to Content

गुल्मीमा पनि मुक्तिनाथ बैंकको शाखा विस्तार

गुल्मीमा पनि मुक्तिनाथ बैंकको शाखा विस्तार

रमेश विश्वकर्मा

आधुनिक बैंकिङ्ग र लघु बैंकिङ्ग सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले गुल्मीको सदरमुकाम तम्घासमा पनि आफ्नो शाखा विस्तार गरेको छ ।

देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौ जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मी जिल्लाको तम्घास गरी आफ्ना छ शाखा कार्यालय विस्तार गरेको हो ।

तम्घास शाखाको उद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि भुसालले बैंकको प्रगतिको कामना गर्नु हुँदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गर्नु भयो । ।

कार्यक्रममा बैंकका सँस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, सँस्थापक सेयरधनी, स्थानीय नागरीक, व्यापारी, कर्मचारी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंक लि।ले देशैभरी ११९ वटा शाखा, २५ वटा ए।टि।एम। र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ए।टि।एम। बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको बताईएको छ ।

Previous
Next