Skip to Content

ओठ सिलाएर सरकारको विरोधमा उत्रिए महिला

ओठ सिलाएर सरकारको विरोधमा उत्रिए महिला

 

 

विश्वमा राजनीतिक विषयलाई लिएर धेरै विवाद तथा विरोधहरू हुँदै आएको छ । यसै क्रममा अफगानिस्तानी महिलाहरूले आफ्नो विरोधलाई प्रभावकारी बनाउन नयाँ शैली अपनाएका छन् ।

राजधानी काबुलस्थित राष्ट्रपति भवनमा ११ जना महिलाले विरोध जनाउँदै आएका हुन् । उनीहरूले चुनावमा भएको धाँधलीको विरोध जनाउँदै आएका हुन् ।

जसमा गत मंगलबारदेखि सुरू भएको विरोध कार्यक्रममा सहभागी ११ महिलामध्ये ४ जना महिलाले आफ्नो ओठ सिलाएका छन् । अफगानिस्तानमा पछिल्लो समयमा भएको संसदीय चुनावमा महिलाहरू पराजीत भएसँगै उनीहरू विरोधमा उत्रिएका हुन् ।

विरोधमा उत्रिएका महिलाहरूले चुनाव जित्न धाँधली र पैसाको ताकत प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । उनीहरूले आफ्नो पक्षमा परेको चुनावी नजिता बदलिदिएको आरोप अहिलेको सरकारमाथि लगाएका छन् ।

 

विरोधमा सहभागी एक महिलाले सञ्चार माध्यमलाई ओठ सिलाएर विरोध जनाएको जानकारी गराइन । उनले भनिन, ुविरोध गर्न हामीले एक डाक्टरको सहयोगमा ओठ सिलाएका हौँ ।

विरोधमा सहभागी अर्की महिलाले भनिन, हामीले विरोध गर्दै आएका छौँ, तर राष्ट्रपतिसँग हाम्रो कुरा सुनिदिने अलिकति समय पनि छैन । जबसम्म हाम्रो कुराको सुनुवाइ हुँदैन, तबसम्म हाम्रो विरोध जारी हुन्छ ।

उनीहरूले अफगान सरकारद्वारा कमिटी गठिन गरी चुनावमा भएको धाँधलीको जाँच हुनु पर्ने माग राख्दै आएका छन् । तर, निर्वाचन आयोग र सरकारले महिलाहरूले राखेको मागबारे कुनै ध्यान दिएको छैन । एजेन्सी

Previous
Next