Skip to Content

बस दुर्घटनामा २७ जनाको मृत्यु

बस दुर्घटनामा २७ जनाको मृत्यु

 

उत्तरी भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १५ यात्रु गम्भीर घाइते भएका छन् ।

भारतीय राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी शहर लखनउतर्फ जाँदै गरेको बस खोँचमा खसेको थियो । दुर्घटनामा घाइते भएकाहरुको उद्धार गर्न निकै कठिन भएको अधिकारीहरुले जनाएका छन् ।

सोमबार बिहान आग्रा पुगेपछि सो बस खोँचका खसेर दुर्घटनाग्रस्त भएको थियो ।

आग्रा जिल्लाका म्याजिस्ट्रेट एन जी रवि कुमारका अनुसार बस दुर्घटनामा २७ जनाको घटनास्थलमै मृत्यु भएको र १५ जना घाइतेलाई उद्धार गरी अस्पताल पु¥याइएको छ ।

बस सडकबाट ५० फिट तल खसेको थियो ।रासस

Previous
Next