सलमान खानको पारिश्रमिक दुई सय करोड!



 

एजेन्सी । बिगबोस सिजन १३ सुरु हुनु पुर्वै चर्चा परिचर्चा सुरु भइसकेको छ । चर्चाको बिषय भने कहिले प्रतिस्पर्धीका त कहिले सलमान खानको पारिश्रमिकका कारण ।

 

केही समय पहिले खबर आएको थियो कि सिजन १३ का लागि सलमान खानले चार सय करोड भारु पारिश्रमिक लिइरहेका छन् । तर, यो हल्ला गलत साबित भएको छ ।

पिंकभिल्लाको रिपोर्टअनुसार सलमान खानको पारिश्रमिक दुई सय करोड भारुको हाराहारी छ । उनले हरेक साता १३ करोड पारिश्रमिक लिनेछन् ।

 

जसअनुसार सलमानको पूरा सिजनको पारिश्रमिक एक सय ९५ देखि दुई सय करोड हाराहारी हुनेछ । सलमानले सिजन १० मा ११ करोड प्रतिहप्ता पारिश्रमिक बुझेका थिए ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्