निर्धारित समयभन्दा अगाडिनै स्वास्थ्य चौकी निर्माण सम्पन्न



 

लेखनाथ खतिवडा ;पाँचथर ।

 

विभिन्न निर्माणका आयोजनाहरु निर्धारण गरीएको मिति भन्दा ढिला गरी मात्र सम्पन्न हुन्छन् । झन् सरकारी भवनहरु अवधि भन्दा निकै लामो समय र बारम्बार म्याद थप गर्दा मात्र निर्माण सम्पन्न हुन्छ । तर, पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिकामा एक स्वास्थ्य चौकी निर्धारित समय भन्दा अगाडी नै निर्माण सम्पन्न भएको छ ।

 

तुम्वेवा वडा नं. ५ को हाङ्गुममा वनेको पक्की स्वास्थ्य चौकी भवन निर्धारित समय भन्दा १ महिना अगावै निर्माण सम्पन्न भएको छ । सम्झौताको मिति भन्दा १ महिना अगावै निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गरिएको छ । उक्त भवनको सम्झौता अनुसार २०७५ असार २५ गते गरीएको थियो । सम्झौतामा २०७६ जेठ २९ गत सकिनु पर्ने हो ।

 

तर, उक्त सम्झौता मिति भन्दा एक महिना अगावै बैशाखमै निर्माण कार्य सम्पन्न भएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना झापाको २ करोड ३१ लाख ९२ हजार ५४७ रुपैँयाको लागतमा भगवती÷एस.ए.एस.जे.भीले सो भवन निर्माण गरेको हो । नव निर्मित भवनको स्थानिय जनप्रतिनिधिहरुको रोहबरमा सघन शहरी तथा भवन निर्माण आयोजनाले स्वास्थ्य चौकी लाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ ।

 

जिल्लाको दुर्गमा मानिने हाङ्गुममा प्रसुति गृह र स्वास्थ्यकर्मी आवास सहतिको सुविधा सम्पन्न भवन बनेपछि आरुबोटे, मौवा, ओलने, दुर्दिम्बा लगायतका बासिन्दाहरुलाई प्रत्यक्ष लाभान्वित हुने एस.ए.एस.का म्योनेजिङ डाइरेक्टर शैलेन्द्र कुरुम्बाङ्ले बताए ।

 

स्वास्थ्य चौकी निर्माण भए पश्चात स्थानियलाई टाढा सम्म स्वास्थ्य चौकी धाइरहन नपर्ने भएको वडा नं ५ का अध्यक्ष कुल देव कुरुम्बाङले बताए । गाउँमा स्वास्थ्य चौकी निर्माण भए पश्चात अब जिल्ला जाने समस्याबाट मुक्त भएको आफुहरु खुसि हर्षित भएको स्थानिय फुलकुमार तामाङको भनाई छ ।

TopLine
सैघाली खबर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'सैघाली खबर' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्