Skip to Content

बन्दुकधारीद्वारा नाइजेरियामा ६ गाउँलेको हत्या

बन्दुकधारीद्वारा नाइजेरियामा ६ गाउँलेको हत्या

 

नाइजेरियाको उत्तरी काट्सिना राज्यमा बन्दुकधारीहरुले गाउँमा आक्रमण गरी छ जनाको हत्या गरेका छन् । मोटरसाइकलमा सवार आक्रमणकारीले काट्सिनाको काँकडा जिल्लाका माकेर्स, डान साबाउ र पावा गाउँमा हमला गरेका थिए । उनीहरुले बन्दुक र ग्रिनेड पड्काएर गाउँमा आतंक फैल्याएको प्रहरी प्रवक्ता गाम्बो इसाहले बताए ।

इसाहले प्रहरीको जवाफी कारबाहीमा केही आक्रमणकारी मारिएको दाबी गरेका छन् । आक्रमणकारीको खोजी भइरहेको उनले बताए ।

गत जुलाई ३ मा पनि अपराधी समूहले काट्सिना राज्यमा चार वटा गाउँमा गरेको आक्रमणमा १८ जना गाउँलेको ज्यान गएको थियो ।

Previous
Next