Skip to Content

अभिनेत्री शिल्पाले दिइन् निर्माता छवि ओझाविरूद्ध उजुरी

अभिनेत्री शिल्पाले दिइन् निर्माता छवि ओझाविरूद्ध उजुरी

काठमाडौ।अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै आफूमाथि असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन। चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट बढेको भएको थियो।

 

पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताएका छन।

 

उनको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुबै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ।शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए। लामो समय उनीहरुले आफ्नो बिवाहलाई लुकाएका थिए।

तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिवाह गरिसकेको बताएका थिए।म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत यस क्षेत्रमा डेब्यु गराएका थिए। सिनेमामा आउनु अघि शिल्पा म्यूजिक भिडियोमा चल्तीकी मोडल थिइन्।

Previous
Next